नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ?
काठमाडाैँ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सोमवार निर्वाचित सदस्यहरुलाई शपथ गराएका हुन् । गत माघ ११ गते भएको राष्ट्रिय सभाको निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएका थिए। ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार फागुन २० गते १९ जना सदस्यको कार्यकाल सकिएको हो । १९ जनामध्ये १८ जना सदस्यको माघ ११ गते निर्वाचन भएको हो । एक जना सदस्यलाई भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन्।
राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका ९ जना, नेकपा एमालेका ८ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक जना सदस्य निर्वाचित भए ।
राष्ट्रियसभा सदस्य को कस्ता ?
महन्थ ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए । उनले पटक पटक प्रतिनिधि सभा सदस्य भएर काम गरिसकेका छन् । नेपाली कांग्रेसबाट राजनिति शूरु गर्नुभएका ठाकुर कांग्रेसको कोषाध्यक्ष समेत बनेका थिए । तर उनी २०६२/६३ मा भएको मधेश आन्दोलनमा कांग्रेस छाडेर मधेशकेन्द्रित राजनितिमा लागे ।
ठाकुर २०४८ सालमै कांग्रेसबाट सर्लाही क्षेत्र नम्बर ५ बाट चुनाव जितेर उपसभामुख बनेका थिए । उनी २०५१, २०६४, २०७०, २०७४ र २०७९ मा उम्मेदवार बनेका थिए । उनी २०६४ र २०७० को निर्वाचनमा भने पराजित भए ।
सुनिलबहादुर थापा
कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका निर्विरोध निर्वाचित भएका सुनीलबहादुर थापा राष्ट्रिय सभा सदस्य हुनुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राजनितिक सल्लाहकार थिए । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हेमराज घिमिरे उम्मेदवार दर्ता गर्न समयमै निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन नसकेपछि थापा निर्विरोध निर्वाचित भएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनिति सुरु गरेका थापा हाल नेपाली कांग्रेसमा छन् । थापाले यसअघि संविधानसभा सदस्य र मन्त्री भएर काम गरेका छन् । २०७० सालमा धनकुटा क्षेत्र नम्बर–२ बाट संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएपछि उनी २०७४ साल जेठमा शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए।
२०७४ र २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भने उनी पराजित भएको थियो । थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा छन्।
रामकुमारी झाँक्री
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी रामकुमारी झाँक्री प्रतिनिधि सभाकी पूर्वसदस्य तथा पूर्वमन्त्री हुन्। नेकपा एमालेले २०७४ मा झाँक्रीलाई समानुपातिक सांसद बनाएको थियो । पछि उनी एमाले विभाजन हुँदा माधवकुमार नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागेका थिइन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी शहरी विकास मन्त्री समेत बनिन् । २०७९ को प्रतिनिधि सभा सदस्यको चुनावमा एकिकृत समाजवादी बाट नै प्रत्यक्ष निर्वाचन लडेकी उनी पराजित भइन् । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतको पार्टी एकीकरणप्रति विमति जनाउँदै एमालेमा फर्किएकी झाँक्रीलाई एमालेले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको हो । उनी हाल एमालेको केन्द्रिय सदस्य समेत हुन् ।
झाँक्री एमालेको भ्रातृसंस्था अनेरास्ववियुको पूर्वअध्यक्ष समेत हुन् ।
ललितजंग शाही नेपाली कांग्रेसको तर्फवाट कर्णाली प्रदेशबाट निर्वाचित ललितजंग शाहीले संविधान सभा सदस्यको रुपमा काम गरिसकेका छन् । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा जुम्लाबाट उनी निर्वाचित भए।
२०७९ को निर्वाचनमा प्रदेश सभा सदस्यमा पराजित भएपनि उनलाई नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको हो । शाही नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापति समेत हुन् । शाही २०५१ र २०५६ सालमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए भने २०७० सालको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर चुनाव जितेका थिए ।
रोशनी मेचे
रोशनी मेचेलाई नेकपा एमालेले कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनाएको हो । उनी सीमान्तकृत मेचे समुदायकी हुन् । रोशनीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा बसेर काम गरेकी थिइन् ।
मेचेले समाजशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेकी छन् ।
धमेन्द्र पासवान
मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको धमेन्द्र पासवान दलित अधिकारकर्मी हुन् । उनलाई नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको हो । कांग्रेसको भ्रातृसंस्था नेपाल दलित संघको महासचिव भएर काम गरिसकेका रौतहट निवासी पासवानले राजनीति शास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन् ।
रञ्जित कर्ण
मधेस प्रदेशबाट नै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका रन्जित कर्ण नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रिय अध्यक्ष हुन् । उनले २०७० सालको संविधानसभा सदस्य भएर पनि काम गरेका छन्। विद्यार्थीकालदेखि नै कांग्रेसमा सक्रिय नेता कर्ण इन्जिनियर समेत हुन् ।
रेखा झा
रेखा झालाई नेकपा एमालेले मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनाएको हो । नेकपा एमालेको मधेस प्रदेशकी सदस्य झालाई दुईपटक एमालेले समानुपातिक सूचीमा राखेको थियो । समानुपातिकबाट सांसद बन्न असफल झा राष्ट्रिय सभा सदस्य बन्न सफल भइन् ।
झाले अर्थशास्त्र र सामाजिक शास्त्रमा स्नातक गरेकी छन् । उनले विगतमा मानवअधिकार एलायन्समा आबद्ध भई अधिकार र न्यायका पक्षमा काम गर्दै आएकी छन्।
सोम पोर्तेल
लित कलस्टर अन्तर्गत कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका सोम पोर्तेलसँग जिल्ला समन्वय समिति सभापति भएर काम गरेको अनुभव छ । पोर्तेलले नेकपा एमालेको वडा कमिटीबाटै राजनीतिक यात्रा सुरु गरेका थिए । २०३५ साल फागुनमा जन्मिएका पोर्तेलसँग स्थानीय सरकार र विकास निर्माणको अनुभव पनि छ ।
उनी २०७४ देखि २०७९ सम्म झापा जिल्ला समन्वय समितिको प्रमुख थिए ।
डा. प्रेम दंगाल
बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका डा. प्रेम दंगाल एमालेका केन्द्रिय सदस्य हुन् । उनले त्रिभूवन विश्वविद्यालयबाट ‘ग्रामीण अर्थतन्त्र र खाद्य सम्प्रभुता’ विषयमा विद्यावारिधि गरेका छन् । लामो समयदेखि अखिल नेपाल किसान महासङ्घमा उनी हाल महासङ्घको केन्द्रिय अध्यक्ष छन् ।
गीता देवकोटा
गीता देवकोटालाई नेपाली कांग्रेसले बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनाएको हो । २०४४ सालबाट नेपाल विद्यार्थी संघमार्फत सक्रिय राजनीतिकमा प्रवेश गरेकी देवकोटा नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य भइन् । उनी मौरीपालक किसान महासंघका उपाध्यक्ष समेतहुन् ।
जगत तिमिल्सिना
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागमा अध्यापनरत जगत तिमिल्सिनालाई नेपाली कांग्रेसले गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनाएको हो ।
उनी २०७३ सालदेखि कांग्रेस समर्थित प्रजातान्त्रिक प्राध्यापक संघको अध्यक्ष समेत हुन् ।
सम्झना देवकोटा
गातार तीन वटा निर्वाचनमा पराजय भोगेकी एमालेकी सम्झना देवकोटा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेकी हुन् । यसअघि उनी २०७४ को स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट गोरखा नगरपालिकाबाट उपमेयर र २०७९ को निर्वाचनमा सोही नगरपालिकामा मेयरको उम्मेदवार बनेकी थिइन् ।
तर दुवै निर्वाचनमा उनी पराजित भइन् । २०८० माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि देवकोटालाइ एमालेले उम्मेदवार बनाएको थियो तर त्यसपटक पनि उहाँले जित्न सक्नुभएन । तर २०८२ सालमा भएको कांग्रेस एमालेको गठबन्धनले उनलाई निर्वाचन जित्न सहज बनाइदिएको हो।
मिना रखाल
कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी मिना रखाल एमालेकी नेतृ हुन् । दैलेखकी रखाल २०७४ मा समानुपातिकतर्फबाट कर्णाली प्रदेशसभा सदस्य भएकी थिइन् ।
चन्द्रबहादुर केसी
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा चन्द्रबहादुर केसी गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाड गाउँका स्थायी बासिन्दा हुन् । बहुदलीय व्यवस्थाको उदयपछि गुल्मीको राजनीतिमा चन्द्र केसी चर्चित भए। २०५६ सालमा गुल्मीको साविक निर्वाचन क्षेत्र नम्बर २ बाट र २०७४ सालमा हालको क्षेत्र नम्बर २ बाट उनी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका थिए ।
तर उनी पराजित भए । केसी २०४९ सालमा जिल्ला विकास समिति गुल्मीको सभापति तथा २०६७ सालमा नेपाली कांग्रेस गुल्मीको पार्टी सभापति भए । उनले २०२९ सालमा नेपाल विद्यार्थी संघबाट राजनिति सुरु गरे ।
वासुदेव जंगली
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हनुभएको वासुदेव जंगली नेपाली कांग्रेसको पुराना नेता हुन् ।
दाङ जिल्लाका जंगलीलाई नेपाली काँग्रेसले अपांग कोटाबाट राष्ट्रिय सभा सदस्य बनाएको हो।
खम्मबहादुर खाती
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य भएका खम्मबहादुर खाती नेपाल बार एशोसिएशनका पूर्वमहासचिव र पूर्वमहान्यायाधिवक्ता हुन् । उनले नेपाली कांग्रेसका पूर्व पार्टी सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएर काम गरेका थिए ।
वरिष्ठ अधिवक्ता समेत रहेका खाती २०४८ सालदेखि निरन्तर वकालत पेसामा सक्रिय भए । उनले काठमाडौँ जिल्ला बार एशोसियसनको नेतृत्वदेखि २०७२ सालमा नेपाल बार एशोसियसनको महासचिव बनेर काम गरकेा छन् । उनले २०५३ सालको स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।
लीलाकुमारी भण्डारी
ला भण्डारी सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेकी हुन् । उनी २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष निर्वाचित संविधान सभा भएका थिए । तर २०७० सालमा भने पराजित भइन् ।
राष्ट्रिय सभा सदस्यमा निर्वाचनको लागी नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धन गरेका थिए भने नेपाली कम्युनिष्ट पार्टी एक्लै सहभागी भएको थियो । निर्वाचनबाट तालमेलमा उम्मेदवारी दिएकाहरू नै विजयी भएका थिए ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता हुन्छन् । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल आगामी फागुन २१ बाट सुरु भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण