गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल तथा गृह मन्त्रालयका उच्चस्तरीय अधिकारीसहितको टोलीले आज जिल्ला प्रहरी परिसर काठमाडौँको अनुगमन तथा निरीक्षण गरेको छ ।
सो क्रममा गृहमन्त्री अर्यालले पुरुष तथा महिला हिरासत कक्षमा रहेका थुनुवाहरुसँग कुराकानी गरेका थिए । थुनुवाहरुले आफूहरुले प्राप्त गरिरहेको सुविधाप्रति सन्तुष्ट रहेको जानकारी गराएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् ।
मन्त्री अर्यालका साथमा गृहसचिव राजकुमार श्रेष्ठ, मन्त्रालयको सुरक्षा समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता आनन्द काफ्ले, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका प्रमुख तथा सहप्रवक्ता रमा आचार्य, गृहमन्त्रीका निजी सचिव परशुराम पोखरेललगायतको सहभागिता थियो । उनले परिसर हातामा वृक्षरोपणसमेत गरेका थिए ।
अनुगमनको क्रममा मन्त्री अर्यालसहितको टोलीलाई परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले परिसरले प्रवाह गरिरहेको सेवा, विद्यमान अवस्था, तथा आगामी योजना साथै निर्वाचनपूर्व, निर्वाचनको समय र निर्वाचनपश्चात् सुरक्षा व्यवस्थापनमा अपनाइएको रणनीतिबारे जानकारी गराए ।
नेपाल प्रहरीको भूमिकाको उच्च प्रशंसा गर्दै मन्त्री अर्यालले नेपाल प्रहरी सामूहिक नेतृत्वको अवधारणाबाट अघि बढेकाले सरकार प्रहरी र नागरिकबीच सहकार्य बलियो भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण