बाजुरामा हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
सारांश
- बाजुराको विकट गाउँमा एक गर्भवती महिलाले स्वास्थ्य संस्था नपुग्दै बाटोमै बच्चा जन्माइन्।
- महिलालाई स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमा सुत्केरी व्यथाले च्यापेपछि बच्चा जन्मिएको हो।
- स्वास्थ्यकर्मीको समयमै साथ पाएकाले आमा र शिशु दुवैको ज्यान सुरक्षित भयो, र उनीहरू घर फर्किए।
धनगढी । बाजुराको विकट गाउँमा एक गर्भवती महिलाले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै सन्तानलाई जन्म दिएकी छन्।
स्वामिकार्तिक खापर गाउँपालिका–२, भैसागाडकी अन्दाजी २२ वर्षकी दुइला भण्डारी सुत्केरी व्यथाले च्यापेपछि परिवारले हिँडाएरै फयालगाउँस्थित आधारभूत स्वास्थ्य एकाइतिर लैजाँदै थियो। उनको अस्पताल नपुग्दै बाटोमै बच्चा जन्मिएको हो।
घरबाट करिब एक–डेढ घण्टाको पैदल दूरीमा रहेको स्वास्थ्य संस्था जाँदै गर्दा बाटोमा उनलाई असह्य पीडा भयो। असहाय पिडाका कारण उनले अगाडि बढ्न नसक्ने भइन्।
यो खबर पाउनासाथ स्वास्थ्य एकाइमा कार्यरत स्वास्थ्यकर्मी अनमी विस्ना रोकाया हतार हतार घटनास्थलमै पुगिन् र बाटोमै सुरक्षित प्रसूति गराइन्। समयमै स्वास्थ्यकर्मीको साथ पाएकाले आमा र नवजात शिशु दुवैको ज्यान सुरक्षित भयो। अहिले दुवै जना स्वस्थ अवस्थामा घर फर्किसकेका छन्।
वडा नम्बर २ का अध्यक्ष विष्णुबहादुर बुढाका अनुसार कठिन भूगोल र स्वास्थ्य संस्था टाढा भएका कारण समयमै अस्पताल पुर्याउन नसक्दा यो अवस्था आएको हो।
‘गाउँमा कच्ची सडक त खनिएको छ, तर त्यहाँ न जतिबेला पनि गाडी चल्छन्, न त एम्बुलेन्सकै सुविधा छ। जसका कारण गाउँका गर्भवती महिलाहरूलाई सुत्केरी गराउन जोखिम मोलेरै हिँडाएर स्वास्थ्य संस्था लैजानुपर्ने बाध्यता छ,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण