रास्वपाको मत परिणामपछि प्रदीप पौडेलले भने– अहिलेको व्यवस्थामै बहुमत प्राप्त गर्न सकिने पुष्टि भयो
मङ्गलबार, २६ फागुन २०८२, २० : ४१
सारांश
- कांग्रेस महामन्त्री प्रदीप पौडेलले रास्वपालाई निर्वाचनमा बहुमत प्राप्त गरेकोमा बधाई दिए।
- उनले रवि लामिछाने र बालेन्द्र शाहलाई बधाई दिँदै सरकारलाई कांग्रेसको साथ रहने बताए।
- पौडेलले दूरगामी मुद्दाहरूमा साझा राष्ट्रिय सहमतिको आह्वान गरे।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गत बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बहुमत प्राप्त गरेको भन्दै बधाई दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महामन्त्री पौडेलले पार्टी सभापति रवि लामिछाने र र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका हुन् । साथै उनले अहिलेको व्यवस्थामै पनि बहुमत प्राप्त गर्न सकिने पुष्टि भएको समेत बताए ।
अब बन्ने सरकारले देश र जनताको हितका लागि काम गर्ने विश्वास लिँदै महामन्त्री पौडेलले हरेक काममा कांग्रेसको साथ र समर्थन रहने प्रतिबद्धता समेत जनाए ।
साथै दूरगामी महत्त्व राख्ने मुद्दाहरूमा साँझा राष्ट्रिय सहमति निर्माण गर्न उनले आह्वान समेत गरे। रास्वपाले प्रत्यक्षमा १२५ सिट प्राप्त गरेकाे छ भने समानुपातिकतर्फ ५० लाख ८८ हजार मत पाइसकेकाे छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण