१२ बजे १२ समाचार: भावी प्रधान न्यायाधीशको चर्चादेखि काठमाडौँ बन्यो विश्वकै दोस्रो प्रदूषित सहरसम्म
सारांश
- संवैधानिक परिषद्ले प्रधान न्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ।
- काठमाडौं विश्वको दोस्रो प्रदूषित शहर बन्यो, ग्यासमा कालोबजारी बढेको छ।
- निर्वाचन आयोगले चैतमा राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने र प्रहरीलाई बिदाइ गर्ने तयारी छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ।
१. प्रधान न्यायाधीशको चर्चा
भावी प्रधान न्यायाधीशका लागि न्याय परिषद्ले संवैधानिक परिषद्मा ६ जना न्यायाधीशको सूची पठाएको छ । परिषद्ले योग्यता पुगेका ६ जना न्यायाधीशको नाम सिफारिस गर्दै परिषद्मा पठाएको हो।
२. वायु प्रदूषण
काठमाडौँमा पछिल्ला दिनमा वायु प्रदूषण बढेको देखिएको छ । दिउँसो १ बजेको मापन अनुसार काठमाडौँ विश्वकै वायु प्रदूषण धेरै भएका सहरहरूको सूचीमा दोस्रो स्थानमा छ।
३. ग्यासमा कालोबजारी
नेपाल आयल निगमले ग्यास आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरिरहँदा केही बिक्रेताहरूले प्रतिसिलिन्डर २ हजार ५ सय रुपैयाँसम्म ग्यास बिक्री गरिरहेको पाइएको छ । निगमले तोकेको प्रतिसिलिन्डर मूल्य भने १९१० रुपैयाँ हो।
४. रास्वपाले उपसभामुख नपाउने
प्रत्यक्ष तर्फको मतगणना सकिएको र समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेकाले अब प्रतिनिधिसभाको अध्यक्षता गर्ने सभामुख र उपसभामुख कसरी निर्वाचित हुन्छन् र कुन पार्टीका हुन्छन् भन्ने चासो आम नागरिकले गर्न थालेका छन् ।
५. रास्वपाले जितेका १२५ मध्ये ७३ ठाउँमा कांग्रेस निकटतम
१६५ क्षेत्रमा निर्वाचित सांसदका निकटतम प्रतिस्पर्धी पनि १६५ जना नै रहेका छन् । त्यस्ता निकटतम प्रतिस्पर्धी उम्मेदवार कुन पार्टीका कति बने र उनीहरूले कति मत ल्याए ? उनीहरूले पाएको मतसहित पाठकहरूका लागि प्रस्तुत गरेका छौँ ।
६. नयाँ सरकारसँग अपेक्षा
फागुन २१ गते सम्पन्न निर्वाचनको नतिजाले मुलुकको राजनीतिक वृत्तमा मात्र नभई सुस्ताएको अर्थतन्त्र र निराश बनेको निजी क्षेत्रमा पनि एक किसिमको अभूतपूर्व तरंग ल्याएको छ।
७. प्रतिनिधि सभा निर्वाचन
निर्वाचन आयोगले चैत पहिलो साताभित्र ‘प्रतिनिधि सभा निर्वाचन’ प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तयारी गरेको छ।
- थप
८. निर्वाचन प्रहरीलाई सम्मान सहित बिदाइ गरिँदै
प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाको लागी भर्ना गरिएका निर्वाचन प्रहरीहरूले आफ्नो कार्यअवधि पूरा गरेका छन् । ४० दिनसम्म निर्वाचनको सुरक्षामा परिचालन गर्नेगरी नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्रले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो ।
९. यी हुन् रास्वपाबाट प्रत्यक्षतर्फ जितेका १२५ उम्मेदवारहरु (सूचीसहित)
प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ ऐतिहासिक सफलता हासिल गर्दै देशभरका १२५ निर्वाचन क्षेत्रमा जित दर्ता गरेको छ।
१०. प्रत्यक्षतर्फ ८ सिटमा खुम्चियो नेकपा
प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मत परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टी देशभरका ८ निर्वाचन क्षेत्रमा विजयी भएको छ । १६५ निर्वाचन क्षेत्रमध्ये ८ स्थानमा जित हात पार्दै नेकपा प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको छ ।
११. समानुपातिक मतगणना
प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहँदा मंगलबार मध्यरातसम्म कुल १ करोड ६ लाख ८१ हजार ५ सय ८१ मत गणना भइसकेको छ ।
१२. इरान युद्ध
अरबौँ डलरका हतियार प्रणालीहरू उत्पादन गर्ने आवश्यकताले गर्दा रक्षा कम्पनीहरूका सेयरहरू अहिलेसम्मकै उच्च बिन्दुमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण