बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

दुई फर्ममाथि विभागको जरिवाना

बुधबार, २७ फागुन २०८२, ०२ : २७
बुधबार, २७ फागुन २०८२

सारांश

  • वाणिज्य विभागले बजार अनुगमनको क्रममा दुई फर्मलाई जरिवाना गरेको छ।
  • सिन्धु फलफूल र पञ्चकन्या त्रिदेव डेरी पसललाई जरिवाना गरिएको हो।
  • उपभोक्ता संरक्षण ऐनअनुसार जरिवाना गरिएको हो।

काठमाडौँ । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १३ वटा फर्ममाथि अनुगमन गरेको छ ।

अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । विभागले सिन्धु फलफूल तथा फ्रेस सेन्टर मध्यपुर थिमीलाई रु २० हजार र पञ्चकन्या त्रिदेव डेरी पसल नयाँ बानेश्वरलाई रु १० हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम ती दुई फर्ममाथि जरिवाना गरिएको हो ।

यस्तै, विभागले थप ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप