स्पेनमा इन्धनको मूल्य वृद्धि
स्पेन । स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनहरूमा हालै इन्धनको मूल्य बढेको छ । विश्वव्यापी तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको भूराजनीतिक तनावका कारण मूल्य वृद्धि भएको हो ।
जसले गर्दा जीवनयापनको लागत बढ्ने भन्दै जनमानसमा चिन्ता छाएको छ । दुई हप्ताअघि डिजेलको मूल्य प्रतिलिटर करिव १.५७ युरो थियो । तर अहिले बढेर १.८५ युरो पुगेको छ । जुन झन्डै ३० सेन्टको वृद्धि हो ।
अन्य अन्तर्वार्तादाताहरूले इन्धनको मूल्यमा भएको यो वृद्धिले यात्रा खर्च मात्र नबढाई ढुवानी (लजिस्टिक) को लागत पनि बढाउन सक्ने बताएका छन् । जसको असर अन्ततः खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा देखिन सक्छ । केहीले भने तनाव जारी रहेमा तेलको मूल्य अझै बढ्न सक्ने र यसले अर्थतन्त्र तथा मानिसहरूको जीविकोपार्जनमा थप दबाब सिर्जना गर्ने चिन्ता पनि व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण