बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुर्खेतकी इनिसाको बलात्कारपछि हत्या: कानुनी संरचना नै परिवर्तन गर्नुपर्नेमा सांसद खनालको जोड

बिहीबार, २८ फागुन २०८२, १० : ४१
बिहीबार, २८ फागुन २०८२

सारांश

  • सुर्खेतकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कार र हत्याको घटनाले देश स्तब्ध भयो।
  • सांसद शिशिर खनालले राज्यको सुरक्षा संयन्त्रको असफलतामाथि प्रश्न उठाउँदै दोषीलाई कारबाहीको माग गरे।
  • उनले महिला र बालबालिकाहरूको सुरक्षाका लागि कानुनी संरचना परिवर्तन गर्नुपर्नेमा जोड दिए।

काठमाडौँ। सुर्खेतकी १६ वर्षीया किशोरी इनिसा विकमाथि भएको बीभत्स सामूहिक बलात्कार र हत्याको घटनाले देशलाई नै स्तब्ध बनाएको छ। यस जघन्य अपराधको विरुद्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रतिक्रिया दिँदै राज्यको सुरक्षा संयन्त्र र प्रणालीको असफलतामाथि प्रश्न उठाएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले किशोरीहरूले सुरक्षित रूपमा बाँच्न पाउने मौलिक अधिकार समेत गुमाउनुपर्ने अवस्था आउनु गम्भीर चिन्ताको विषय भएको बताएका छन्। सांसद खनालले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै इनिसाको आत्माको चिर शान्तिको कामना गरेका छन्। 

उनले महिला तथा बालबालिकामाथि हुने यस्ता यौन हिंसा, बलात्कार र हत्या जस्ता क्रूर कृत्यहरू कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन्। यस घटनाको तुरुन्त र निष्पक्ष अनुसन्धान गरी दोषीहरूलाई कडा कानुनी दायरामा ल्याउन उनले गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका छन्। पीडित परिवारले न्याय पाउनु अनिवार्य रहेको भन्दै खनालले दोषीमाथि हुने कारबाहीले मात्रै नपुग्ने बरु समग्र कानुनी संरचना नै परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।

सांसद खनालका अनुसार अपराधीलाई कारबाही गर्नुका साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन कानुनी संरचनालाई थप सबल र प्रभावकारी बनाउनु पर्छ। महिला र बालबालिकाहरू डर र असुरक्षाको भावनाबिना सम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माण गर्नु राज्यको प्राथमिक जिम्मेवारी भएको उनको ठहर छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप