इनिशा बालात्कार र हत्याका दोषीमाथि छिटो अनुसन्धान र कारवाही गर्न प्रचण्डको माग
बिहीबार, २८ फागुन २०८२, १२ : २५
सारांश
- पूर्व प्रधानमन्त्री प्रचण्डले सुर्खेतमा बालिका बलात्कार घटनाको छानबिन गर्न माग गरे।
- प्रचण्डले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाहीको माग गरे।
- उनले मृतक बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरे।
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालिका इनिशा विकमाथि भएको सामुहकि बालात्कारको घटनाको छिटो र प्रभावकारी छानविन गर्न माग गरेका छन् ।
साथै उनले दोषीलाई कडा कारवाही गर्न पनि सरकारसँग माग गरेका छन् ।
‘सुर्खेतमा सोह्र वर्षीय बालिका इनिशा बिक माथि भएको सामूहिक बलात्कार र जघन्य हत्याको अपराधिक घटनाले मलाई मर्माहत बनाएको छ’, प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
प्रचण्डले घटनाको निष्पक्ष, छिटो र प्रभावकारी छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण