शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

बिहीबार, २८ फागुन २०८२, १३ : २५
बिहीबार, २८ फागुन २०८२

महेन्द्रनगर  । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र लगेर नाबालिकालाई बलात्कार गरेको आरोपमा भीमदत्त नगरपालिका–९ का ४० वर्षीय हीरानाथ र भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय नरेश नाथलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बलात्कारको सूचनाका आधारमा दुई जनालाई पक्राउ गरी विस्तृत अनुसन्धान भइरहेको बताए । “अहिले प्रहरीले विस्तृतमा अनुसन्धान गर्दैछ”, प्रहरी निरीक्षक थापाले भने, “जङ्गलभित्र लगेर बालिकामाथि जबरर्जस्ती करणी गरेको उजुरीपछि प्रहरी अनुसन्धानमा जुटेको हो ।”

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप