सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

ओलीलक्षित घिमिरेको कटाक्ष : सब ठिकठाक छ महाराज !

बिहीबार, २८ फागुन २०८२, १४ : ५०
बिहीबार, २८ फागुन २०८२

सारांश

  • एमाले नेता वासुदेव घिमिरेले पार्टी नेतृत्वको शैलीलाई लिएर कडा टिप्पणी गरेका छन्।
  • उनले पार्टी नेतृत्वको शैलीलाई पञ्चायतकालका पञ्चहरूसँग तुलना गरेका छन्।
  • रुपन्देही-३ बाट उम्मेदवार रहेका घिमिरे रास्वपाका डा. लेखजंग थापासँग पराजित भए।

काठमाडौँ । एमाले नेता वासुदेव घिमिरेले सिङ्गो पार्टी र पार्टीका उम्मेदवारहरूको पराजयलाई लिएर नेतृत्वको कडा टिप्पणी गरेका छन् । उनले पार्टी नेतृत्वको शैलीसँग पञ्चायतकालका पञ्चहरूसँग तुलना गरेका छन् । ‘पञ्चायत ढल्दै थियो, तर पञ्चहरूको रटान उही– सबै ठिक छ, महाराज’, घिमिरेले सामाजिक सञ्जालमा बिहीबार लेखेका छन् । 

फागुन २१ को चुनावअघि एमाले छाडेको घोषणा गरेका रुपन्देहीका घिमिरेलाई उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताले रोकेका थिए । रुपन्देही–३ बाट उम्मेदवार समेत रहेका घिमिरे रास्वपाका डा.लेखजंग थापासँग पराजित बनेका थिए ।

648515859_1643725370308138_4168907450250308097_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप