मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बलात्कार र हत्या जस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छः विद्यादेवी भण्डारी

बिहीबार, २८ फागुन २०८२, १७ : ३३
बिहीबार, २८ फागुन २०८२

काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने जघन्य अपराधका दोषीहरूलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न राज्य संयन्त्रले तदारुकता देखाउनुपर्ने बताएकी छन् ।

११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपाली महिलाहरू अझै पनि सुरक्षित र सम्मानित रूपमा बाँच्न पाउने आधारभूत मानव अधिकारबाट वञ्चित हुनुपरेको भन्दै चिन्ता व्यक्त गरे ।

समाजमा बढ्दै गएको घरेलु हिंसा, एसिड आक्रमण, यौन दुव्र्यवहार, बलात्कार तथा हत्या जस्ता घटनाहरूप्रति लक्षित गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्ता अमानवीय कार्यले सिंगो समाजलाई नै कलंकित बनाएको बताइन्। 

अपराधीहरूले उन्मुक्ति पाउने वा कानुनी छिद्रको प्रयोग गरेर उम्कने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिइन् । राज्यको ध्यानाकर्षण गराउन र पीडितलाई न्याय दिलाउन नागरिक समाज र महिला अधिकारवादी संगठनहरूको भुमिका महत्वपूर्ण हुने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप