मकै बालीमा किराको प्रकोप
सारांश
- सुनसरीका विभिन्न स्थानमा मकै बालीमा रोग किराको प्रकोप बढेको छ।
- किसानहरू फौजी किराको आक्रमणले चिन्तित बनेका छन्, विषादी छर्न बाध्य छन्।
- यस वर्ष जिल्लामा १२ हजार ६३ हेक्टरमा मकै खेती गरिएको छ।
सुनसरी । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका विभिन्न स्थानमा लगाएको मकै बालीमा रोग किराको प्रकोपको प्रकोप बढेको छ ।
इनरुवा सहित रामधुनी, हरिनगर, देवानगञ्ज, बर्जु, गढी र भोक्राहा नरसिंह गाउँपालिका लगायतका स्थानमा लगाइएको मकै बालीमा फौजी किरा देखिएको इनरुवा–९ बबियाका शिबनारायण यादवले बताए ।
मकै बालीमा रोगकिरा देखिन थालेपछि विषादी छर्न बाध्य भएको उनले बताए । केही गोड्ने बेला र केही गोडिसकेका मकै कीराले खाएर नष्ट गरेपछि विषादी छर्नका लागि बाध्य भएको उनले बताए । नहरमा पानी नभएर समस्यामा परेका किसानलाई मकैमा रोग किराको सङ्क्रमणले झनै चिन्तित बनाएको किसान शम्भु यादवले गुनासो गरे ।
मकै बालीबाट राम्रो आम्दानी लिने सोचका साथी खेती गरेको भए पनि फौजी किराको आक्रमणले सोचे अनुसारको आम्दानी हुने की नहुने चिन्ताले सताएको किसान लक्ष्मण मेहताले बताए ।
जिल्लामा यस वर्ष १२ हजार ६३ हेक्टर क्षेत्रफलमा मकै खेती भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण