अमेरिकी युद्धपोत यूएसएस जेराल्ड आर. फोर्डमा आगलागी, दुई नौसैनिक घाइते
सारांश
- अमेरिकी नौसेनाको विमानवाहक जहाज यूएसएस जेराल्ड आर. फोर्डमा आगलागी हुँदा दुई नौसैनिक घाइते भएका छन्।
- आगलागी लाल सागरमा भएको हो, तर यो कुनै बाह्य आक्रमण वा युद्धसँग सम्बन्धित छैन।
- जहाज लामो समयदेखि समुद्रमा तैनाथ रहँदा प्राविधिक समस्याहरू देखा परेका छन्।
लाल सागरमा तैनाथ अमेरिकी नौसेनाको अत्याधुनिक विमानवाहक जहाज यूएसएस जेराल्ड आर. फोर्डमा आगलागी भएको छ। मार्च १२ मा जहाजको मुख्य लुगा धुने ठाउँबाट सुरु भएको आगलागीमा परी दुई जना नौसैनिक घाइते भएका छन्। अमेरिकी नौसेना केन्द्रीय कमाण्डका अनुसार घाइतेहरूको अवस्था स्थिर छ र उनीहरूको ज्यानलाई कुनै खतरा छैन।
कमाण्डले सामाजिक सञ्जालमार्फत यो आगलागी कुनै बाह्य आक्रमण वा युद्धसँग सम्बन्धित नभएको स्पष्ट पारेको छ। जहाजका कर्मचारीहरूले आगोलाई पूर्ण रूपमा नियन्त्रणमा लिइसकेका छन् भने जहाजको इन्जिन प्रणाली प्रोपल्सन प्लान्टमा कुनै क्षति पुगेको छैन। हाल यो विमानवाहक पोत आफ्नो नियमित सञ्चालनमा रहेको र घाइतेहरूको उपचार भइरहेको जानकारी दिइएको छ।
गएको जुन २४ मा अमेरिकाको भर्जिनियाबाट मिसन सुरु गरेको यो टोली सुरुमा युरोप र ल्याटिन अमेरिकामा खटिएको थियो। इरानसँगको तनाव बढेपछि यसलाई मध्यपूर्वको सुरक्षाका लागि लाल सागरमा तैनाथ गरिएको हो। 'नेभी टाइम्स' का अनुसार यो जहाज लगातार २६१ दिनदेखि समुन्द्रमै छ। नौसेनाका अधिकारीहरूले यो मिसन ११ महिनासम्म लम्बिन सक्ने बताएका छन्, जुन अमेरिकी नौसेनाको इतिहासमै समुद्रमा बिताएको सबैभन्दा लामो समयको रेकर्ड नजिक हुनेछ।
लामो समयदेखि समुन्द्रमा रहँदा फोर्डले प्राविधिक समस्याहरू पनि झेलिरहेको छ। जहाजको भ्याकुम फोहोर पानी संकलन प्रणाली पटक-पटक बिग्रिँदा त्यहाँ रहेका करिब ६५० वटा शौचालय प्रभावित भएका छन्। सन् २०२५ मा मात्रै ३२ पटक प्लम्बिङ सम्बन्धी समस्या आएर मर्मत गर्नुपरेको रिपोर्टहरूले देखाएका छन्। पछिल्लो आगलागीको घटनाले लामो समयदेखि परिचालनमा रहेको जहाजको व्यवस्थापकीय चुनौतीलाई फेरि सतहमा ल्याएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण