कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलाे साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
सारांश
- नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनबारे समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने भएको छ।
- कांग्रेस प्रवक्ता देवराज चालिसेले निर्वाचनको समीक्षा गर्न जिल्लाबाट रिपोर्ट मगाएको बताए।
- २०७९ सालको निर्वाचनमा कांग्रेस दोस्रो स्थानमा झरेको र कमजोर प्रतिपक्ष बन्ने अवस्था आएको छ।
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले चैत पहिला साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारीमा आफूहरू रहेको जानकारी दिए ।
‘निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारीमा हामीहरू लागेका छौँ,’ प्रवक्ता चालिसेले रातोपाटीसँग भने, ‘निर्वाचनमा के के भयो भन्नेबारे केन्द्रीय समितिमा छलफल गर्न जिल्ला जिल्लाबाट रिपोट मगाएका छौँ । रिपोट आउने क्रम सुरु भएको छ ।’
२०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा ठुलो बनेको कांग्रेस अहिले दोस्रोमा झरेको छ । दोस्रोमा मात्रै झरेको छैन, इतिहासमै सबैभन्दा कमजोर प्रतिपक्षीको रूपमा संसद्मा उभिने निश्चित भएको छ । यसबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाउने तयारीमा लागेको हो।
कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० सिट गरी ३८ सिटमात्रै जितेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण