बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अर्याल र बरईलाई 'नइ कपिल प्रज्ञा पुरस्कार'

शनिबार, ३० फागुन २०८२, १० : १६
शनिबार, ३० फागुन २०८२

सारांश

  • नइ एकेडेमीले डा.अम्बिका अर्याल र डा.त्रिभुवन बरईलाई 'नइ कपिल प्रज्ञा पुरस्कार' दिने निर्णय गरेको छ।
  • पुरस्कारको राशि जनही पच्चिस हजार रुपियाँ रहेको छ।
  • 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन'मा पुरस्कार समर्पण गरिने भएको छ।

काठमाडाैँ । नइ एकेडेमीले 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको  अनुसन्धानमा समर्पित भएबापत युवा प्राज्ञ द्वय डा.अम्बिका अर्याल र डा.त्रिभुवन बरईलाई 'नइ कपिल प्रज्ञा पुरस्कार' समर्पण गर्ने निर्णय गरेक‍ो छ ।

यी पुरस्कारका राशि जनही पच्चिस पच्चिस हजार रुपियाँ रहेका छन् । सुप्रसिद्ध मनोचिकित्सक डा.कपिलदेव उपाध्यायको सम्मानमा 'नइ कपिल प्रज्ञा पुरस्कार'को स्थापना गरिएको हो ।

नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।

चैत २७,२८ र २९ गते सम्पन्न हुने 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा 'नइ कपिल प्रज्ञा पुरस्कार' समर्पण गरिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप