बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

निर्वाचनले रोकिएको कुर्था-जनकपुर-जयनगर रेल्वे पुनः सञ्चालनमा (तस्बिरहरू)

शनिबार, ३० फागुन २०८२, १० : ४१
शनिबार, ३० फागुन २०८२

सारांश

  • कुर्था-जनकपुर-जयनगर रेल सेवा पुनः सञ्चालनमा आएको छ, जसबाट स्थानीय लाभान्वित भएका छन्।
  • रेल विभागले भारतबाट रेल खरिद गरेको हो, जसमा १२ देखि १३ सय यात्रु क्षमता रहेको छ।
  • पूर्व-पश्चिम विद्युतीय रेल मार्गको सर्लाही खण्डमा ९० प्रतिशत काम सम्पन्न भएको छ, तर केही ठाउँमा समस्या छन्।

जनकपुर । कुर्था-जनकपुर-जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत सीमावर्ती क्षेत्रका सर्वसाधारणहरू लाभान्वित भएका छन् । प्रतिनिधिसभा निर्वाचनका समयमा पूर्ण रूपमा सेवा बन्द गरिएको रेल सेवा अहिले सामान्य रूपमा सञ्चालन भइरहेको छ ।

रेल विभागले २०१९ मा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग रेल किनेको हो भने पाँच वटा डिब्बासहितका एउटा रेलमा एकैपटक १२ देखि १३ सय यात्रुले यात्रा गर्न सक्छन् । डिजेल ईलेक्टिक मल्टिपल युनिट डिजेल र विधुत दुवैबाट चल्ने डिपिसि १९०१ र डिपिसि १९०२ नम्बरको दुवै रेल १६ सय हर्स पावरका छन् ।

Janakpur Train_station (2)

हाललाई कुर्था-जनकपुर-जयनगरमा मात्र सञ्चालक गरिँदै आएको नेपाल रेल्वे राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत सर्लाही खण्डमा ९० प्रतिशत काम सकिएको आयोजनाको लालबन्दी कार्यालयले जानकारी दिएको छ ।

Janakpur Train_station (3)

निर्वाचनको समयमा हरेक पार्टीको घोषणा पत्रमा लेखिने पूर्व–पश्चिम विद्युतीय रेल मार्ग सञ्चालनको योजनाले अहिले सम्म पूर्णता पाएको छैन । यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीले पनि पूर्व–पश्चिम विद्युतीय रेल मार्ग सञ्चालनको योजना आफ्नो वाचा पत्रमा समावेश गरिएको छ ।

Janakpur Train_station (4)

रास्वपाको वाचा पत्रमा नेपालको यातायात प्रणालीमा दीर्घकालीन परिवर्तन ल्याउन विस्तृत अध्ययनको आधारमा रेलमार्ग विस्तारको ५० वर्षे गुरुयोजना बनाउने रहेको छ, र यसको शाखा मार्ग काठमाडौँ, पोखरा, दाङ, सुर्खेत र तराईका प्रमुख सहरहरूमा पुर्‍याउने र त्यसलाई भारत र चीनको रेलमार्गसँग जोड्ने रहेको छ ।

Janakpur Train_station (5)

यस सर्लाही खण्डको केही स्थानमा भने ट्रयाक निर्माणको कामसमेत बाँकी रहेको छ । सागरनाथ वन परियोजना र मूर्तिया वन कार्यालयले रूख कटान नगर्दा काम रोकिएको छ । हरिवन नगरपालिका–५ घुर्कौली क्षेत्रका केही किसानले अझै मुआब्जा लिन नमानेका कारण काम अगाडि बढ्न सकेको छैन । किसानले जग्गाको मूल्यांकन बढाउन माग गर्दै काम गर्न अवरोध गरिरहँदा त्यस क्षेत्रमा कामको प्रगति शून्य छ ।  तस्बिर : प्रकाश चन्द तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

Janakpur Train_station (6)Janakpur Train_station (7)Janakpur Train_station (8)Janakpur Train_station (9)Janakpur Train_station (10)Janakpur Train_station (11)Janakpur Train_station (12)Janakpur Train_station (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप