एनआरएनए कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना निर्विरोध
शनिबार, ३० फागुन २०८२, २१ : ३९
सारांश
- गैरआवासीय नेपाली संघ (एनआरएनए)को कोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सिना निर्विरोध चयन भएका छन्।
- निर्वाचन समितिले अन्तिम सूची सार्वजनिक गर्दा तिमल्सिनाको मात्रै नाम रहेकाले उनी सर्वसम्मत भएका हुन्।
- महिला उपाध्यक्ष, महिला सचिव, र सहकोषाध्यक्ष पदमा पनि अन्य व्यक्तिहरू निर्विरोध निर्वाचित भए।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना निर्विरोध चयन भएका छन् ।
निर्वाचन समितिले उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्दा कोषाध्यक्ष पदमा तिमल्सिनाको नाम मात्रै कायम भएपछि उनी सर्वसम्मत भएका हुन् ।
हाल बेलायत निवासी धादिङका तिमल्सिना यसअघि सहकोषाध्यक्ष रहेका थिए ।
यस्तै महिला उपाध्यक्षमा राधिका गुरुङ (टीका), महिला सचिवमा अमृता थापा (कञ्चन), सहकोषाध्यक्षमा अब्दुल बासिद र मोहम्मद मुक्तदा र गंगा खतिवडा निर्विरोध निर्वाचित हुँदा अन्य केही पदमा पनि निर्विरोध भएका छन् ।
तर, अध्यक्ष, उपाध्यक्ष, महासचिवसहितका पदहरूमा भने आकाङ्क्षी भएपछि निर्वाचन गर्नुपर्ने भएको छ । तर, एनआरएनए नेतृत्वले अन्तिम समयसम्म सहमतिको प्रयास हुने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण