इजरायली आक्रमणमा २६ जना स्वास्थ्यकर्मीको मृत्यु भएको पुष्टि
शनिबार, ३० फागुन २०८२, २२ : १४
बेरुत । इजरायल र हेजबुल्लाहबीच द्वन्द्व सुरु भएयता इजरायली आक्रमणमा २६ जना प्यारामेडिक्स (स्वास्थ्यकर्मी)को मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ।
लेबनानी अधिकारीहरूले दक्षिणी शहर बुर्ज कलवियाको एक स्वास्थ्य केन्द्रमा काम गर्ने १२ जना चिकित्सक र नर्सहरूको मृत्यु भएको बताएका छन्।
सावानेह शहरमा भएको अर्को आक्रमणपछि हेजबुल्लाहसँग सम्बन्धित दुई स्वास्थ्यकर्मी र एक सहयोगीको मृत्यु भएको थियो।
इजरायली सेनाले शनिबार हेजबुल्लाहले सैन्य गतिविधिका लागि एम्बुलेन्स प्रयोग गरेको आरोप लगाएपछि लेबनानी मन्त्रालयले इजरायलले बारम्बार ‘एम्बुलेन्स कर्मचारीहरूलाई निशाना बनाएको’ आरोप लगाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण