पशुपति घिमिरेको नियात्रा संग्रह 'तीन महादेशका केही तरङ्ग' सार्वजनिक
काठमाडौं । नियात्रा साहित्यमा कलम चलाउँदै आएका पशुपति घिमिरेको नयाँ कृति ‘तीन महादेशका केही तरङ्ग’ सार्वजनिक भएको छ ।
राजधानीमा शनिबार सम्पन्न एक समारोहमा प्राडा गोविन्दराज भट्टराई, विश्व साइकलयात्री एवं नियात्राकार पुष्कर शाह, समीक्षक राजकुमार बानियाँ, कवि प्रल्हाद पोखरेल, निबन्धकार कुमारी लामा र लेखक घिमिरेले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका छन्।
कार्यक्रममा प्रमुख अतिथि प्राडा भट्टराईले सिर्जना कहिल्यै पूर्ण नहुने बताए । ‘यो यस्तो यात्रा हो, जसमा श्रष्टाले जीवनभर नयाँ–नयाँ पर्वत चढिरहनुपर्छ,’ उनले भने 'लेखकको सरल भाषाशैलीले यस कृतिलाई विशिष्ट बनाएको छ ।'
समीक्षक राजकुमार बानियाँले पुस्तकको कवितात्मक भाषाशैली विशेष पक्ष भएको बताए । यस सङ्ग्रहमा जीवनचेतका मार्मिक बिम्बहरू समेटिएको उनले बताए ।
विश्व साइकलयात्री पुष्कर शाहले घिमिरेको कृतिले पाठकहरूमा घुमफिरको चाहना जगाउने बताए। 'जीवनदर्शन र भौतिक विज्ञानजस्ता गहन विषयलाई समेत सहज ढङ्गले पाठकसमक्ष पुर्याउनु घिमिरेको काव्यिक प्रतिभाको प्रमाण हो,' शाहले भने । लेखक घिमिरेले यस्ता विशिष्ट व्यक्तिहरूबिच आफ्नो कृति लोकार्पण हुनु आफ्ना लागि विशेष क्षण भएको उनले बताए ।
कार्यक्रममा लेखक अनिता कोइराला, नियात्राकार राजेन्द्रमान डङ्गोल, लेखक नारायण नेपाल, भाषा सम्पादक पारस नेपाल, पत्रकार ओमआस्था राई लगायत साहित्यप्रेमीको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण