एन्फा र ‘ए’ डिभिजन क्लबबिचको वार्ता निष्कर्षविहीन
सारांश
- एन्फा र 'ए' डिभिजन लिग क्लबहरू बीचको वार्ता निष्कर्षविहीन भयो, जसले गर्दा धर्ना जारी रह्यो।
- सात बुँदे माग राख्दै एन्फा मुख्यालयमा धर्ना दिइरहेका क्लबका पदाधिकारीसँग एन्फाको वार्ता असफल भयो।
- फ्रेन्ड्स क्लब, मच्छिन्द्र, चर्च बोइज लगायतका क्लबका प्रतिनिधिहरू वार्तामा सहभागी थिए।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) र असन्तुष्ट ‘ए’ डिभिजन लिग क्लबहरू बिचको वार्ता निष्कर्षविहीन भएको छ । सात बुँदे माग राख्दै एन्फा मुख्यालयमा धर्ना दिइरहेका क्लबका पदाधिकारीसँग एन्फाले गरेको वार्ता असफल भएपछि उनीहरू पुनः धर्नामा बसेका छन् ।
बिहानैदेखि धर्नामा बसेका क्लब पदाधिकारीहरूलाई एन्फाले सुरुमा गेट बाहिर नै रोकेको थियो । पछि एन्फाका महासचिव किरण राईले क्लबका प्रतिनिधिहरूलाई वार्ताका लागि बोलाएका थिए ।
वार्तामा असन्तुष्ट क्लबहरूको तर्फबाट फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वासविक्रम शाह, मच्छिन्द्र फुटबल क्लबका अध्यक्ष अनिल श्रेष्ठ, चर्च बोइज युनाइटेडका अध्यक्ष रुवेन राई, सातदोबाटो युथ क्लबका अध्यक्ष कपिल राना मगर, मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष विजय घले, एनआरटी क्लबका अध्यक्ष सुन्दरराज जोशी, आरसिटीका कुमार राजभण्डारी र थ्री स्टारका उपाध्यक्ष जयकिशन श्रेष्ठ सहभागी थिए ।
तर, वार्तामा सहमति जुट्न नसकेपछि क्लबका पदाधिकारीहरू पुनः धर्ना कार्यक्रममा फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण