बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

क्लासेनदेखि कमिन्ससम्मः हैदराबादका बलिया विदेशी हतियार

मङ्गलबार, ०३ चैत २०८२, ११ : ५१
मङ्गलबार, ०३ चैत २०८२

सारांश

  • सनराइजर्स हैदराबादले आईपीएल २०२६ का लागि चार उत्कृष्ट विदेशी खेलाडी छनोट गरेको छ, जसले टोलीको सन्तुलनमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।
  • लियम लिभिङस्टोन, प्याट कमिन्स, ट्राभिस हेड र हेनरिक क्लासेन हैदराबादका लागि छनोट भएका मुख्य विदेशी खेलाडी हुन्।
  • क्लासेनले २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै ४८७ रन बनाएका थिए भने हेडले पनि टोलीलाई बलियो सुरुवात दिएका थिए।

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का लागि सनराइजर्स हैदराबादले उत्कृष्ट विदेशी चार खेलाडी छनोट गर्दा टोली सन्तुलन र प्रदर्शन दुवैमा ठुलो प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

सन् २०२५ मा आक्रामक ब्याटिङका कारण चर्चामा रहेको हैदराबाद टोलीले यसपटक पनि विदेशी खेलाडीहरूबाट ठुलो योगदानको अपेक्षा गरेको छ ।

उत्कृष्ट ब्याटिङको पहिचान बनाएको टोलीले प्रतियोगितामा १४ मध्य ६ खेल जित्दै १३ अंकका साथ छैटौँ स्थानमा रहेर सिजनको अन्त्य गरेको थियो ।

यो सिजन भने टोली विदेशी खेलाडीहरुमा धेरै भर परेको छ । तर, पनि टिममा स्वदेशी खेलाडी पनि उत्कृष्ट लयमा छन् । इशन किशन, अविषेक शर्मा र हर्शल पटेल जस्ता खेलाडी पनि छन् ।

  • आईपीएल २०२६ः हैदराबादका उत्कृष्ट ४ विदेशी खेलाडी

१. लियम लिभिङस्टोन (अलराउन्डर)

इंग्ल्यान्डका आक्रामक अलराउन्डर लिभिङस्टोनलाई हैदराबादले १३ करोड भारुमा भित्र्याएको हो । उनी शक्तिशाली हिटिङका लागि परिचित छन् र आवश्यक पर्दा केही ओभर बलिङ पनि गर्न सक्छन् । २०२५ मा रोयल च्यालेन्जर्स बैंगलोर बाट अपेक्षित प्रदर्शन गर्न नसके पनि उनको क्षमतामाथि कुनै शंका छैन ।

२. प्याट कमिन्स (कप्तान, बलर)

अष्ट्रेलियाका कप्तान कमिन्स हैदराबादका मुख्य खेलाडी हुन् । उनको आक्रामक नेतृत्व शैलीले टोलीलाई बलियो बनाएको छ । यद्यपि, ढाडको चोटका कारण उनको उपलब्धता अझै अनिश्चित छ । उनी आईसीसी पुरुष टी–२० विश्वकप २०२६ पनि गुमाएका थिए ।

३. ट्राभिस हेड (ओपनर)

अष्ट्रेलियाका विस्फोटक ओपनर हेडले अभिषेक शर्मासँग मिलेर खतरनाक ओपनिङ जोडी बनाएका छन् । आईपीएल २०२५ मा उनले ३७४ रन बनाउँदै टोलीका प्रमुख खेलाडी बनेका थिए । यसपटक पनि टोलीलाई बलियो सुरुवात दिने जिम्मेवारी उनकै काँधमा रहनेछ ।

४. हेनरिख क्लासेन (विकेटकिपर–ब्याटर)

दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर क्लासेन हैदराबादका सबैभन्दा महत्त्वपूर्ण विदेशी खेलाडी हुन् । उनले २०२५ मा ४८७ रन बनाउँदै टोलीका शीर्ष स्कोरर बनेका थिए । कोलकाता नाइट राइडर्स विरुद्ध ३७ बलमा शतक प्रहार गर्दै उनले आफ्नो क्षमताको उत्कृष्ट प्रदर्शन गरेका थिए ।

हैदराबादले २०२६ मा उपाधिका लागि चुनौती दिन यी चार विदेशी खेलाडीको प्रदर्शन निर्णायक हुने अपेक्षा गरिएको छ ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप