रास्वपा अभिमुखीकरणको पहिलो दिन : रवि र बालेन अनुपस्थित
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित सांसदका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।
- अभिमुखीकरणमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह पहिलो दिन सहभागी भएनन्।
- बुधबार समापन समारोहमा दुवै नेता सहभागी हुने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदका लागि दुईदिने आवासीय अभिमुखीकरण सुरु गरेको छ । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार घण्टी बनाएर उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका छन् ।
अभिमुखीकरणको पहिलो दिन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहभागी भएका छैनन् । महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति लामिछाने र वरिष्ठ नेता बालेन शाह बुधबारको समापन समारोहमा सहभागी हुने जानकारी दिएका छन् ।
‘बुधबार दुवै नेता सहभागी हुने कुरा भएको छ’, महामन्त्री बुर्लाकोटीले रातोपाटीसँग भने । सभापति लामिछाने केही अस्वस्थ रहेका छन् भने बालेन आफ्नो नेतृत्वमा गठन हुने नयाँ सरकारको मोडालिटी बनाउन व्यस्त छन् ।
यसैबिच उपसभापति अर्यालले शुभकामना मन्तव्य राख्ने क्रममा सम्भव भएसम्म दुवै नेता बुधबारको कार्यक्रममा सहभागी हुने जानकारी दिए । यद्यपि रास्वपाले कार्यक्रमको सेड्युलमा बुधबार सभापति लामिछाने सहभागी हुने उल्लेख गरेपनि शाहबारे केही खुलाएको छैन । अभिमुखिकरणमा संसदीय राजनीति, पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताका सवालमा नेता र विज्ञहरूले जानकारी गराउनेछन् ।
त्यसबाहेक कार्यक्रममा नवनिर्वाचित सांसदलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण र जनप्रतिनिधिको भूमिकाबारे स्पष्ट पार्न, प्रभावकारी, उत्तरदायी र परिणाममुखी प्रतिनिधि बन्न सहयोग गर्नेलगायत उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण