सिरहाबाट ११ हजार विद्यार्थीले एसईई दिँदै, ५१ परीक्षा केन्द्र तोकियो
सारांश
- यस वर्ष सिरहा जिल्लाबाट एसईई परीक्षामा ११ हजारभन्दा बढी विद्यार्थी सहभागी हुनेछन्।
- परीक्षामा साधारण र प्राविधिक धारका विद्यार्थीहरु छन्, जसमा छात्र र छात्राको संख्या उल्लेख छ।
- परीक्षा सञ्चालनका लागि जिल्लामा ५१ वटा परीक्षा केन्द्र तोकिएको छ, चैत १९ गतेदेखि परीक्षा सुरु हुनेछ।
सिरहा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सिरहा जिल्लाबाट ११ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई सिरहाका अनुसार जिल्लाभरबाट कुल ११ हजार ३७ परीक्षार्थीले परीक्षा दिने तयारी पूरा भएको छ। यसमा साधारणधारतर्फ १० हजार ६२५ र प्राविधिक धारतर्फ ४१२ विद्यार्थी रहेका छन्।
परीक्षामा सहभागी हुने विद्यार्थीमध्ये साधारणतर्फ नियमित ९ हजार ८१२ र ग्रेड वृद्धिका लागि ८१३ जना रहेका छन्। त्यस्तै प्राविधिक धारतर्फ नियमित ३६५ र ग्रेड वृद्धिका लागि ४७ परीक्षार्थी सहभागी हुँदैछन्। लैङ्गिक आधारमा हेर्दा यस वर्ष सिरहामा ५ हजार ७२९ छात्र र ५ हजार ३०८ छात्राले परीक्षा दिने तथ्याङ्क छ।
जिल्लाभरका परीक्षार्थीलाई पायक पर्ने गरी शिक्षा विकास तथा समन्वय इकाईले ५१ वटा परीक्षा केन्द्र तोकेको छ। परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन आवश्यक जनशक्ति तथा सुरक्षा प्रबन्ध मिलाउने कार्य भइरहेको इकाईले जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कार्यतालिका अनुसार यस वर्षको एसईई परीक्षा आगामी चैत १९ गतेदेखि सुरु भएर २९ गतेसम्म चल्नेछ। परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण