इनिशा विक हत्या प्रकरण : बलात्कारीलाई फाँसीको माग गर्दै माइतीघरमा प्रदर्शन
सारांश
- सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन भयो।
- प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गरे।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ, तर प्रदर्शनकारीहरूले दबाब जारी राख्ने बताए।
काठमाडौँ । सुर्खेतकी इनिशा विकको बलात्कारपछि भएको हत्याको विरोधमा दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौंमा खबरदारी प्रदर्शन गरिएको छ। संयुक्त नागरिक पार्टीको विद्यार्थी तथा महिला विभागले मंगलबार माइतीघर मण्डलामा भेला भएर इनिशाको न्यायका लागि दबाब दिँदै प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले समाजमा बढ्दै गएको जघन्य अपराध नियन्त्रण गर्न र पीडित परिवारलाई तत्काल न्याय दिलाउन सरकारसँग माग गरेका छन्।
प्रदर्शनकारीहरूले 'इनिशाको हत्यारालाई कारबाही गर', 'बलात्कारको अन्त्य गर', 'सुरक्षित समाज निर्माण गर' र 'बलात्कारीलाई फाँसीको सजाय हुने कानुन बनाऊ' जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए।
उनीहरूले पछिल्लो समय महिला र बालबालिकामाथि हुने हिंसाका घटना बढेको भन्दै राज्य मौन बस्न नहुने चेतावनी दिएका छन्। पीडित परिवारले न्याय नपाएसम्म र अपराधीले कानुनी सजाय नपाएसम्म आन्दोलन नरोकिने उनीहरूको भनाइ छ।
सुर्खेतको वीरेन्द्रनगरस्थित एक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी विकको पोस्टमार्टम रिपोर्टले डरलाग्दो तथ्य बाहिर ल्याएको छ। रिपोर्टअनुसार उनलाई बलात्कार गरिएको र त्यसपछि भएको अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएको छ।
हाल प्रहरीले यस प्रकरणमा संलग्न शंकास्पद व्यक्तिहरूको खोजी र थप अनुसन्धान तीव्र बनाएको जनाएको छ। तर, प्रदर्शनकारीहरूले भने अनुसन्धान प्रक्रिया फितलो हुन सक्ने आशंका गर्दै दबाब जारी राख्ने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण