मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

स्रोत नखुलेको १० लाख रकमसहित चिनियाँ नागरिक पक्राउ

मङ्गलबार, ०३ चैत २०८२, १५ : ०७
मङ्गलबार, ०३ चैत २०८२

काठमाडौँ । प्रहरीले काठमाडौँको ठमेलबाट स्रोत नखुलेको १० लाख नगदसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ५३ वर्षीय चिनियाँ नागरिक तान जियाङ छन् । अन्तरदेशीय रकम लेनदेन (हुण्डी कारोबार) गरेको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।

चीनको हुवान घर भएका जियाङ आइतबार पक्राउ परेका हुन् । उनको साथबाट १० लाख नगद बरामद गरेर थप अनुसन्धान र कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसएसपी खड्काले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप