वासिङ मेसिनमा जुत्ता धुन मिल्छ कि मिल्दैन?
मङ्गलबार, ०३ चैत २०८२, १५ : २८
सारांश
- मानिसहरूले समय बचत गर्न जुत्ता धुने नयाँ तरिकाहरू खोजिरहेका छन्।
- स्पोर्ट्स, क्यानभास र सामान्य जुत्ता मेसिनमा धुन मिल्छ, तर छालाका जुत्ताको ख्याल गर्नुपर्छ।
- जुत्ता धुँदा तुना र भित्री भाग निकाल्ने, माइल्ड डिटर्जेन्ट प्रयोग गर्ने र चिसो पानी प्रयोग गर्ने जस्ता सुझावहरू छन्।
काठमाडौँ । आजकलको व्यस्त जीवनशैलीमा मानिसहरू समय जोगाउन हरेक काममा नयाँ र छिटो तरिका अपनाउन चाहन्छन्। लुगा र भाँडाकुँडा मात्र नभई धेरैलाई जुत्ता धुनु पनि झन्झटिलो काम लाग्छ।
यस्तोमा धेरैको मनमा प्रश्न उठ्ने गर्छ, के जुत्तालाई वासिङ मेसिनमा धुन मिल्छ ? यसको जवाफ हुन्छ, मिल्छ ।
तर सबै प्रकारका जुत्ता भने मेसिनमा हाल्नु हुँदैन। स्पोर्ट्स सुज, क्यानभास र सामान्य जुत्ताहरू मेसिनमा धुन सकिन्छ तर छाला, साबर वा फर्मल जुत्ताहरू मेसिनमा हाल्दा तिनको आकार र गुणस्तर बिग्रिन सक्छ।
मेसिनमा जुत्ता धुँदा अपनाउनुपर्ने टिप्सहरू यसप्रकार छन्:
- जुत्ता सिधै मेसिनमा हाल्नुअघि त्यसको तुना र भित्री भाग इनसोल निकाल्नुपर्छ।
- जुत्तामा टाँसिएको सुक्खा माटो वा धुलोलाई ब्रसले सफा गरेपछि मात्र मेसिनमा हाल्दा जुत्ता राम्ररी सफा हुन्छ र मेसिन पनि बिग्रिने डर हुँदैन।
- सिधै मेसिनमा जुत्ता हाल्दा ठूलो आवाज आउने र मेसिनलाई क्षति पुग्न सक्ने भएकाले जुत्तालाई पुरानो सिरानीको खोल वा जालीदार ब्यागमा राखेर धुनु राम्रो हुन्छ।
- मेसिनभित्र जुत्तासँगै एक–दुईवटा पुराना तौलिया हालिदिँदा जुत्ता ठोक्किएर हुने क्षतिबाट जोगिन सकिन्छ।
- धेरै जुत्ताहरू एकैपटक मेसिनमा हाल्ने गल्ती कहिल्यै गर्नु हुँदैन। एक पटकमा २ देखि ३ जोडी मात्र धुनु उपयुक्त हुन्छ।
- जुत्ता धुँदा सधैँ कडा केमिकल नभएको माइल्ड डिटर्जेन्ट प्रयोग गर्नुपर्छ।
- मेसिनलाई जेन्टल वा डेलिकेट मोडमा राख्नुपर्छ र तातो पानीको सट्टा चिसो पानी मात्र प्रयोग गर्नुपर्छ। तातो पानीले जुत्ताको गम वा कपडा खराब गरिदिने सम्भावना रहन्छ।
- धोइसकेपछि जुत्तालाई सुकाउने तरिकामा पनि विशेष ध्यान दिनु जरुरी छ। जुत्तालाई मेसिनबाट निकालेर पानी निथारिएपछि हावा खेल्ने ठाउँ वा हल्का घाममा सुकाउनुपर्छ। सिधै चर्को घाममा जुत्ता राख्दा त्यसको रङ उड्ने र जुत्ता कडा हुने समस्या हुन सक्छ।
यी सरल उपायहरू अपनाएर मेसिनमै जुत्तालाई नयाँ जस्तै चम्किलो र सफा बनाउन सकिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण