सुदूरपश्चिम महोत्सवमा तीन करोडभन्दा बढी कारोबार
सारांश
- सुदूरपश्चिम महोत्सवमा तीन करोडभन्दा बढीको कारोबार भयो।
- महोत्सवमा दुई करोडभन्दा बढी खर्च भयो र सरकारलाई कर बुझाइयो।
- महोत्सवले सुदूरपश्चिमको पहिचान र व्यवसाय प्रवर्द्धन गर्यो।
सुदूरपश्चिम । कैलालीको धनगढीमा गत मङ्सिर २२ देखि पुस ६ गतेसम्म आयोजित सुदूरपश्चिम महोत्सवमा रु तीन करोड ७८ लाख ३६ हजार ३६७ कारोबार भएको छ ।
आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले मंगलबार सार्वजनिक गरेको महोत्सवको आयव्यय विवरणमा रु दुई करोड ६३ लाख एक हजार ७४० खर्च भएको उल्लेख गरिएको छ । सङ्घका अध्यक्ष पुष्करराज ओझाले विभिन्न शीर्षकमा गरी रु ६० लाख ५३ हजार ७७१ सरकारलाई कर बुझाइएको जानकारी दिए ।
उनले भने, “सङ्घीय तथा स्थानीय कर दायित्वअन्तर्गत रु ५१ लाख भुक्तानी गरिएको छ । सबै कर तथा दायित्व भुक्तानीपछि रु २४ लाख खुद बचत रहने छ ।”
अध्यक्ष ओझाले ‘सुन्दर सुदूरपश्चिम’ अभियानलाई निरन्तरता दिँदै प्रदेशका आर्थिक, पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा र औद्योगिक र विकासका सम्भावनाको खोजी गर्न ‘भिजन सुदूरपश्चिम’ बहस कार्यक्रमसमेत प्रारम्भ गरिएको जानकारी दिए ।
सङ्घका वरिष्ठ उपाध्यक्ष केशबराज जोशीले महोत्सव केवल व्यापारिक मेला मात्र नभई सुदूरपश्चिमको पहिचान, संस्कृति, सम्भावना र व्यवसाय प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा स्थापित भएको बताए ।
‘कृषि पर्यटन उद्योग र व्यापार, समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूल नाराका साथ यस वर्षको सुदूरपश्चिम महोत्सव आयोजना गरिएको थियो । सुदूरपश्चिमको पहिचान, कला, संस्कृति र आर्थिक सम्भावनालाई उजागर गर्ने उद्देश्यले बर्सेनि धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण