रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने
बुधबार, ०४ चैत २०८२, ०६ : ५२
सारांश
- रास्वपाले नव निर्वाचित सांसदका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
- मंगलबार उपसभापतिद्धयले कार्यक्रमको उद्घाटन गरे, जसमा रवि लामिछाने र बालेन्द्र शाह पहिलो दिन सहभागी भएनन्।
- आज समापन समारोहमा रवि लामिछाने र बालेन शाह सहभागी हुने महामन्त्रीले जानकारी दिएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।
ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए । अभिमुखीकरणको पहिलो दिन सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी भएका थिएनन् ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति लामिछाने र वरिष्ठ नेता बालेन शाह आजको समापन समारोहमा सहभागी हुने जानकारी दिएका छन् ।
उपसभापति अर्यालले शुभकामना मन्तव्य राख्ने क्रममा सम्भव भएसम्म दुवै नेता बुधबारको कार्यक्रममा सहभागी हुने जानकारी दिए । यद्यपि रास्वपाले कार्यक्रमको सेड्युलमा बुधबार सभापति लामिछाने सहभागी हुने उल्लेख गरेपनि शाहबारे केही खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण