बग्दादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण
सारांश
- बग्दादस्थित अमेरिकी दूतावासमा बुधबार बिहान फेरि आक्रमण भएको छ।
- विस्फोट ग्रिन जोन क्षेत्रमा भएको थियो, जहाँ दूतावास, सरकारी कार्यालय र अन्तर्राष्ट्रिय संस्थाहरू छन्।
- आक्रमण ड्रोन र रकेटबाट भएको आशंका गरिएको छ, तर क्षतिको पूर्ण विवरण आउन बाँकी छ।
बग्दाद । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावासमा बुधबार बिहान फेरि आक्रमण भएको खबर आएको छ । स्थानीय समयअनुसार मध्यरातपछि शक्तिशाली विस्फोटका आवाज सुनिएको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स र एएफपीले समाचार छापेका छन् ।
राजधानी बग्दादको कडा सुरक्षायुक्त ग्रिन जोन क्षेत्रमा रहेको उक्त दूतावास आसपास विस्फोट भएको प्रत्यक्षदर्शी र सुरक्षाकर्मीलाई उद्धृत गर्दै ती समाचार संस्थाहरूले बताएका छन् । सो क्षेत्रभित्र विदेशी दूतावासहरू, सरकारी कार्यालयहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूको कार्यालय रहेका छन् ।
प्रारम्भिक विवरणअनुसार आक्रमण ड्रोन र रकेटमार्फत गरिएको हुन सक्ने आशंका गरिएको छ । तर क्षतिको पूर्ण विवरण अझै सार्वजनिक भएको छैन । अहिलेसम्म मानवीय क्षतिको पुष्टि भइसकेको छैन । इरान–इजरायल द्वन्द्वपछि क्षेत्रीय तनाव चुलिँदै गएको अवस्थामा बग्दादस्थित अमेरिकी दूतावास बारम्बार इरानी निशानामा पर्दै आएको छ । यसअघि पनि सो दूतावासमाथि पटक–पटक रकेट तथा ड्रोन आक्रमण भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण