अन्तरविद्यालय खेलकुद प्रतियोगितामा प्रिमियर इन्टरनेसनल स्कुलको दोहोरो जित
सारांश
- प्रिमियर इन्टरनेसनल स्कुलले दुई खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्यो।
- फुटबलमा, प्रिमियरले फाइनलमा जेम्स स्कुललाई पेनाल्टीमा हराएर उपाधि जित्यो, जसमा रेजिश न्यौपाने उत्कृष्ट खेलाडी बने।
- बास्केटबलमा, प्रिमियरले फाइनलमा बंगलादेशको बीकेएसपीलाई हराएर उपाधि जित्यो, प्रशिक्षकमा सधिश प्रधान रहेका थिए।
काठमाडौँ । प्रिमियर इन्टरनेसनल स्कुलले दुई महत्वपूर्ण अन्तरविद्यालय खेलकुद प्रतियोगितामा स्वर्ण पदक हात पारेको छ। प्रिमियरका छात्र टोलीले नेपाल इन्टरस्कुल स्पोर्ट्स एसोसिएसन लिग फुटबल २०२६ र १२औँ जेभियर इन्टरनेसनल यू १९ बास्केटबल प्रतियोगितामा च्याम्पियनको उपाधि उचालेका हुन्।
फुटबलको उपाधि यात्रामा प्रिमियरले सेमिफाइनलमा द ब्रिटिस स्कुल लाई २–० ले पराजित गरेको थियो। फाइनलमा जेम्स स्कुलसँग निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा ५–४ को रोमाञ्चक जित निकाल्दै प्रिमियरले उपाधि कब्जा गर्यो। टोलीका गोलकिपर रेजिश न्यौपाने प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए।
विजेता टोलीको नेतृत्व कप्तान श्यामिर श्रेष्ठले गरेका थिए भने टोलीमा रेजिश न्यौपाने, श्याम श्रेष्ठ, निर्विक थापा, प्रवेश तामाङ, दृश्य रत्न शाक्य, निशाद सिटौला, इशान गौचन, रिशित मैनाली, तेन्जिङ दावो लामा, आर्यक कार्की, ओलिभर कार्की, आरजल अधिकारी, आरुष कार्की, संकल्प पोखरेल, अभिम रोका मगर, नोआ राय र अर्जु टी राजभण्डारी रहेका थिए। टोलीलाई सुरज महर्जन, सञ्जय श्रेष्ठ र सुगत श्रेष्ठले प्रशिक्षण दिएका थिए।
१२औँ जेभियर इन्टरनेसनल यू १९ बास्केटबल प्रतियोगितामा प्रिमियरको टोली अपराजित रहँदै च्याम्पियन बन्यो। लिग चरणमा गोल्डेन गेट कलेज (४६–४४), दिव्य कलेज )७०–२१) र जेभियर ‘बी’ (९१–१८) लाई सहजै हराएको प्रिमियरले क्वार्टरफाइनलमा टाइम्स कलेजलाई ५३–११ ले पाखा लगाएको थियो।
सेमिफाइनलमा आयोजक जेभियरलाई ७३–६१ ले पराजित गरेको प्रिमियरले फाइनलमा बंगलादेशको बीकेएसपी टोलीलाई ६७–४३ को फराकिलो अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमायो।
बास्केटबल टोलीमा दावा टी। लामा तामाङ, प्रणय मान श्रेष्ठ, प्रथम श्रेष्ठ, ज्योत्सन जोशी, आदम्य महर्जन, आश्विन चालिसे, सुप्रिम महर्जन, सयुग्य महत र काइ योशी प्रजापति सम्मिलित थिए। टोलीको प्रशिक्षकमा नेपाली राष्ट्रिय बास्केटबल टोलीका कप्तान सधिश प्रधान रहेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण