निर्वाचन आयोगले निर्वाचनसम्बन्धी प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई बुझाउने
बुधबार, ०४ चैत २०८२, १२ : १६
सारांश
- निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने छ।
- निर्वाचन आयोगले भोलि (बिहीबार) अपराह्न ४ बजे राष्ट्रपति कार्यालयमा प्रतिवेदन बुझाउने छ।
- गत फागुन २१ गते मुलुकभर प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो र नतिजा सार्वजनिक भइसकेको छ।
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ । राष्ट्रपति कार्यालयले आयोगले भोलि (बिहीबार) अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाउने समय निर्वाचन आयोगले लिएको जानकारी दिएको छ ।
गत फागुन २१ गते मुलुकभर प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो । आयोगले निर्वाचनसम्बन्धी नतिजा सार्वजनिक गरिसकेको छ । त्यो नतिजा समेटिएको प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाउन समय लिएको राष्ट्रपछि कार्यालयका एक पदाधिकारीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण