रामकृष्ण ढकालको फिल्म ‘मालती मंगलेको’ शीर्ष गीतमा ग्रामीण दम्पतीको प्रेमकथा
सारांश
- गायक रामकृष्ण ढकालको फिल्म 'मालती मंगले'को शीर्ष गीत 'सुनैको सपनी' सार्वजनिक भएको छ, जसमा विजय बराल र वर्षा राउत फिचर्ड छन्।
- गीतमा रामकृष्ण र रचना रिमालको स्वर, आनन्द अधिकारीको शब्द र उज्ज्वल सागरको संगीत रहेको छ, जसलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन्।
- 'मालती मंगले' फिल्ममा ग्रामीण दम्पतीको प्रेम सम्बन्ध र उतारचढावलाई प्रस्तुत गरिएको छ, जसलाई प्रकु पाण्डेले निर्देशन गरेका हुन्।
सुनै सपनी छैन नि मसँग
हीराको विपनी छैन नि मसँग
ए मालती, खोज शिरफूलमै मायाको संसार
मुटु तिमी नै, तिमी नै जुहार
गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’का शब्द हुन् यी । गीतमा रामकृष्ण र रचना रिमालको स्वर छ भने आनन्द अधिकारीको शब्द र उज्ज्वल सागरको संगीत छ । गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।
ग्रामीण दम्पतीको प्रेमलाई उतारिएको गीतको भिडियोमा विजय बराल र वर्षा राउत फिचर्ड छन् । भिडियोमा दम्पतीबिचको प्रेम सम्बन्ध र उतारचढावको कथा प्रस्तुत गरिएको छ । भिडियोको कोरियोग्राफी रोशन विश्वकर्माले गरेका हुन् ।
‘मालती मंगले’बाट नेपाली सुगम संगीत र पार्श्व गायनका सुप्रसिद्ध गायक रामकृष्ण ढकाल फिल्म निर्माणको यात्रामा निस्किएका हुन् । रानी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई प्रकु पाण्डेले निर्देशन गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित गीत सार्वजनिक कार्यक्रममा फिल्मका निर्माता तथा गायक ढकालले नाम मिले पनि फिल्म राष्ट्रकवि माधवप्रसाद घिमिरेको गीति नाटक ‘मालती मंगले’सँग सम्बन्धित नभएको प्रष्ट पारे । ‘फिल्म राष्ट्रकविको नाटकमा आधारित होइन । हाम्रै वरपर रहेको एक सामाजिक प्रेमकथा हो, जसलाई त्यो दृष्टिकोणबाट हेरिएको छैन । यसलाई सांगीतिक प्रेमकथा भन्न सकिन्छ,’ ढकालले भने ।
रामकृष्णले करिब अढाइ दशकअघि आफ्नै सांगीतिक संघर्षलाई आधार बनाएर निर्माण गरिएको फिल्म ‘आशीर्वाद’मा शीर्ष भूमिकामा अभिनय गरेका थिए । सोही नाममा २०५० सालमा पहिलो सांगीतिक एल्बम निकालेका उनका दुई दर्जन बढी सोलो एल्बम सार्वजनिक छन् । ‘ओराली लागेको हरिणको चाल भो’ रामकृष्णको सिग्नेचर गीत हो । ‘रिसाउँदा नि आफ्नै’, ‘माया गर्नेको’, ‘मन पराउने हजार’, ‘हीरा काट्ने हीरैमा राखेर’, ‘चरीले छाडेर’, ‘दैव तेरो’, ‘बाँचुञ्जेलीलाई’देखि ‘ममा पनि जलन’, ‘फूलको आफ्नै कथा छ’ सम्मका सयौं गीत उनका लोकप्रिय छन् ।
आगामी वैशाख २५ गतेलाई रिलिज मिति तोकिएको फिल्म ‘मालती मंगले’का कार्यकारी निर्माता सागर ज्ञवाली हुन् । निर्देशक पाण्डेकै कथा रहेको फिल्ममा पटकथा तथा संवाद संयोग गुरागाईंको छ । फिल्मलाई महेश पौडेलले खिचेका हुन् भने रोमी मोसेजले सम्पादन गरेका छन् ।
फिल्ममा विजय र वर्षाका साथै मेक्सम गौडेल, प्रकाश घिमिरे, सुवर्ण थापा, उमेश सुनाम. सुस्मा निरौला, सरिता गिरी, राज पंगेनी शर्मा, तारा शर्मा, गीता श्री, रिजन परियार लगायतले अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण