नागरिकको अपेक्षाअनुसार जिम्मेवारी बहन गर्न प्रहरी महानिरीक्षकको निर्देशन
सारांश
- प्रहरी महानिरीक्षकले नागरिकको अपेक्षा अनुसार काम गर्न निर्देशन दिएका छन्।
- कर्मचारीलाई व्यावसायिकता र इमान्दारिताका साथ काम गर्न निर्देशन दिइयो।
- सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन योजना बनाउनु पर्ने कुरा उल्लेख छ।
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको अपेक्षाअनुसार जिम्मेवारी बहन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
महानिरीक्षक कार्कीले बुधबार आफू मातहतका निकायसँगको ‘भर्चुअल’ बैठकमा सबै प्रहरी कर्मचारीले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै थप अनुशासित, निष्ठावान् एवम् इमानदार हुनुपर्ने बताए ।
उनले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवम् निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।
प्रहरी महानिरीक्षक कार्कीले आ–आफ्नो जिम्मेवारी क्षेत्रको विस्तृत जानकारी राखी योजनाबद्ध रूपमा सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउँदै लैजानुपर्ने बताए । उनले आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलाप र घटनाहरू हुन नदिन सूचना सङ्कलन तथा विश्लेषणलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहनुपर्ने उल्लेख गरे ।
प्रहरी महानिरीक्षक कार्कीले सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि, फरार प्रतिवादी पक्राउ, हातहतियार बरामदलगायतमा विशेष सुरक्षा योजना अपनाई कार्यान्वयन गर्न निर्देशन दिए । आगामी दिनमा कार्यसम्पादन सम्झौताको कार्यान्वयनमा थप व्यावसायिकता प्रदर्शन गर्दै कार्य गर्नुपर्ने तथा हिरासत व्यवस्थापनमा समेत विशेष सतर्कता अपनाई कार्य गर्नुपर्ने उनको भनाइ थियो ।
बैठकमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बरबहादुर विकले समेत समसामयिक विषयमा निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण