अपडेट
समानुपातिक सांसदको प्रमाणपत्र लिने कार्यक्रममा केसी र बादल अनुपस्थित
बिहीबार, ०५ चैत २०८२, १३ : ३६
सारांश
- निर्वाचन आयोगले बिहीबार समानुपातिक सांसदको प्रमाणपत्र वितरण गर्दा कांग्रेस नेता अर्जुन नरसिंह केसी अनुपस्थित रहे।
- एमाले उपाध्यक्ष रामबहादुर थापा बादल पनि कार्यक्रममा अनुपस्थित रहेको पुष्टि भयो।
- केसीले कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको बताए, बादल भने सम्पर्कमा आएनन्।
काठमाडौँ । निर्वाचन आयोगले बिहीबारका लागि तय गरेको समानुपातिक सांसदको प्रमाणपत्र लिने कार्यक्रममा कांग्रेस नेता अर्जुन नरसिंह केसी र एमाले उपाध्यक्ष रामबहादुर थापा बादल अनुपस्थित रहेका छन् ।
अन्य समानुपातिक सांसदले निर्वाचन आयोगमा पुगेर प्रमाणपत्र लिएपनि दुई सांसद भने अनुपस्थित रहेका हुन् ।
केसी प्रतिनिधिसभाका ज्येष्ठ सदस्य समेत हुन् । नेता केसीले कार्यव्यस्तताका कारण आफू बाहिर रहेकाले जान नसकेको बताए । ‘म एउटा कार्यक्रमका सिलसिलामा बाहिर थिएँ । सोही कारण जान भएँ । प्रमाणपत्र प्रतिनिधिले लिनु भएको छ’, उनले भने ।
यस्तै नेता बादल भने अनुपस्थित रहनुको कारण खुलेन । उनलाई सम्पर्क गर्दा सम्पर्कमा आएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण