डकुमेन्ट्री फिल्म ‘स्नो लियोपार्ड सिस्टर्स’ प्रिमियर
सारांश
- डकुमेन्ट्री फिल्म 'स्नो लियोपार्ड सिस्टर्स' को नेपाल प्रिमियर ललितपुरको लबिम मलमा भयो।
- फिल्मले डोल्पाका दुई महिलाको मित्रता र हिमचितुवा संरक्षणको कथा प्रस्तुत गर्छ।
- यो फिल्मले अन्तर्राष्ट्रिय महोत्सवहरूमा पुरस्कार जितेको छ, जसमा लियोनार्डो डिक्याप्रियो कार्यकारी निर्माता हुन्।
काठमाडौँ । डकुमेन्ट्री फिल्म ‘स्नो लियोपार्ड सिस्टर्स’ को बुधबार साँझ ललितपुरको लबिम मलमा नेपाल प्रिमियर गरिएको छ । डोल्पाका दुई आदिवासी महिला बिचको मित्रताको कथामा बनेको फिल्म सोनम चोकी लामा, बेन आयर्स र एन्ड्रयू लिन्चले निर्देशन गरेका हुन् ।
फिल्मले स्थानीय हिमचितुवा संरक्षणकर्मी छिरिङ ल्हामु लामाले १७ वर्षीया तेन्जिन भुटी गुरुङलाई कसरी मार्गदर्शन गर्छिन् भन्ने यात्रा देखाउँछ । उनीहरू दुबै दुर्लभ र संकटग्रस्त हिमचितुवाको खोजीमा निस्कन्छन् ।
नेपाली फोटोग्राफर सोनम चोयकीले आफ्नी दिदी छिरिङ ल्हामु लामासँग मिलेर हिमचितुवाको खोज तथा संरक्षणको कामलाई आफ्नो दुर्गम मातृभूमिमा कैद गर्न सुरु गरेकी थिइन्, जुन पछि उनको पहिलो वृत्तचित्रका रूपमा विकसित भयो ।
फिल्मको कथा बेन आयर्स र एन्ड्रयू लिन्चले लेखेका हुन् । सिनेमालाई इयान डेभिस, टोर्किल जोन्स, जोआना नतासेगारा र छिरिङ ल्हामु लामाले निर्माण गरेका हुन् । सोनम चोयकी लामा, एन्ड्रयू लिन्च र रश स्टर्जेसले छायांकन गरेको फिल्म सम्पादन केटी ब्रायरले गरेका हुन् ।
यसको कार्यकारी निर्माता ओस्कार विजेता निर्देशक जोआना नतासेगारा र चर्चित हलिउड अभिनेता लियोनार्दो डिकाप्रियो छन् । यो डकुमेन्ट्रीले एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय सिनेमा महोत्सवहरुमा पुरस्कार जितिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण