मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
राखेप र एन्फा आमनेसामने

राखेपको निर्देशन अटेर गर्दै एन्फा

बिहीबार, ०५ चैत २०८२, २१ : ०३
बिहीबार, ०५ चैत २०८२

सारांश

  • एन्फाले चैत १३ गते साधारण सभा गर्ने अडान लिएको छ।
  • राखेपले निर्वाचन स्थगित गर्न र लिखित जानकारी गराउन निर्देशन दिएको छ।
  • राखेपले एन्फालाई विवादरहित बनाउन परिषद्को स्वीकृती बिना निर्वाचन नगर्न भनेको छ।

काठमाडौँ । अखिल नेपाल फुटबल संघ(एन्फा) ले चैत १३ गते नै साधारण गर्ने अडान राखेको छ । 

राष्ट्रिय खेलकुद परिष्द्(राखेप)को निर्देशन अटेर गर्दै एन्फाले आफ्नो सदस्य जिल्ला, क्लब, संघहरुलाई साधारण सभा र निर्वाचनको कार्यसूचीसहित पत्र पठाएको छ।

sadaanf

anfa

यता राखेपले चैत १३ गते तय भएको निर्वाचन स्थगित गरेर तीन दिनमा लिखित जानकारी गराउन निर्देशन दिएको छ ।

राखेपले पत्रमा भनेकाे छ,' साधारण सभा (अर्डिनरी कंग्रेस) तथा निर्वाचनको सम्बन्धमा परिषदसँग कुनै प्रकारको समन्वय नगरी पुनःनिर्वाचन सम्बन्धी तालिका प्रकाशन गरिएको विभिन्न सामाजिक संजाल मार्फत जानकारी प्राप्त भएको विषयमा तहाँ संघको हुने भनिएको साधारण सभा (अर्डिनरी कंग्रेस तथा निर्वाचन सम्बन्धि सम्पूर्ण कार्य राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम ७ को (ग) अनुसार परिषदको स्वीकृती नभए सम्म स्थगित गर्न राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ को (ड) बमोजिम निर्देशन गरिएकोमा सो निर्देशन विपरित अटेर र बेवास्ता गरि पुनःनिर्वाचन सम्बन्धी थप तालिका प्रकाशन गरिएको विभिन्न सामाजिक सञ्जाल मार्फत जानकारी प्राप्त भएकोले परिषद्को गम्भिर ध्यानाकर्षण भएको जानकारी गराइन्छ ।'

राष्ट्रिय खेलकुद परिषद्ले नेपालमा फुटबल खेलको विकास र विस्तारको लागि सदैव नेपाल सरकार, विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग समन्वय गरी अखिल नेपाल फुटबल संघकै कार्ययोजनालाई सवल र सक्षम बनाउन नीति रहेको बताउँदै अखिल नेपाल फुटबल संघलाई विवादरहित सवल र सक्षम बनाउनुपर्ने भएकाले परिषद्को स्वीकृती नभएको संघको साधारण सभा (अर्डिनरी कंग्रेस) तथा निर्वाचनले परिषद्‌बाट मान्यता नपाउने राखेपकाे पत्रमा उल्लेख गरिएकाे छ । 

संघको साधारण सभा (अर्डिनरी कंग्रेस) तथा निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य स्थगित गरी पत्र प्राप्त मितिले तीन दिनभित्र राष्ट्रिय खेलकुद परिषद्लाई लिखित जानकारी गराउन समेत निर्देशन दिइएकाे छ । 

परिषद्‌बाट पटक–पटक भएको निर्देशन पालना नगरी प्रक्रिया अगाडि बढाएमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र प्रचलित कानुन बमोजिम भई जाने समेत जानकारी गराइएकाे छ ।

rakhepa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप