१० बजे १० समाचार : गगनकाे राजीनामादेखि ‘बालेन सरकार’लाई चुनौतीसम्म
सारांश
- निर्वाचन आयोगले प्रतिवेदन बुझाएपछि नयाँ सरकार निर्माण र सांसदलाई शपथको बाटो खुलेको छ।
- रास्वपाका बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन्, भने गोरखाका सांसदले सेवा सुविधा नलिने घोषणा गरे।
- सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा टिप्पणी आदेश झिकाउन आदेश दियो, र एक महिलाले छोराछोरीसहित भेरी नदीमा हाम फालेको घटना भयो।
आज २०८२ चैत ५ गते बिहीबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ।
- सरकार निर्माण र सांसदहरूलाई शपथको बाटो खुल्यो
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएपछि अब नयाँ सरकार निर्माण गर्ने र नवनिर्वाचित सांसदहरूलाई सङ्घीय संसद् सचिवालयले पद तथा गोपनीयताको शपथ खुवाउने बाटो खुलेको छ।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालेन्द्र (बालेन) शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर जनतासँग मत मागेको थियो।
- बालेनले प्रधानमन्त्रीको शपथ लिने मिति तय
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।
- विधान बमोजिम रास्वपाले जनप्रतिनिधिलाई फिर्ता बोलाउन सक्छ ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी विधानमा व्यवस्था भएको ‘राइट टु रिकल’ कडाइका साथ कार्यान्वयन गर्ने अभिव्यक्ति दिएसँगै नयाँ बहस सुरू भएको छ ।
याे पनि
- अन्तरिम सरकारको ६ महिना
६ महिनामा सरकारले पाएको म्यान्डेट पूरा गर्यो, यो सरकारको अर्को मुख्य काम आन्दोलनका कारण ध्वस्त भएका सरकारी संरचना, कमजोर भएको निजी क्षेत्रको मनोबल र अर्थतन्त्र उकास्नु थियो।
- गगनकाे राजीनामा
नेपाली कांग्रेसका नेता सचिन तिमल्सेनाले हालैको चुनावी पराजयको दोष सभापतिलाई मात्र दिनु अन्यायपूर्ण हुने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण