टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ स्थगित
सारांश
- नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ स्थगित भयो।
- रायमाझी र झाले थुनामुक्तिका लागि दिएको निवेदनमाथि सुनुवाइ उच्च अदालत पाटनमा स्थगित भएको हो।
- जिल्ला अदालतले अस्वीकार गरेपछि, रायमाझी र झा उच्च अदालतमा गएका थिए, जहाँ सुनुवाइ स्थगित भयो।
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ स्थगित भएको छ।
रायमाझी र झाले दिएको निवेदन बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको इजलासमा पेसी तोकिएको थियो । रायमाझीका कानुन व्यवसायीले निवेदन दिएर स्थगित गराएपछि आजको सुनुवाइ स्थगित भएको छ । रायमाझीसँगै बेचन झाको मुद्दा पनि लगाउका कारणबाट स्थगित भएको छ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार थुनामुक्त हुन माग गर्दै दिएको निवेदन जिल्ला अदालत काठमाडौँले अस्वीकार गरेपछि सो उपर उच्च अदालत पाटन गएका हुन्।
पुस २५ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझीले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ ९२० बमोजिम निवेदन दिएका हुन्।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ ९२० अन्तर्गत थुनामुक्त गर्न अस्वीकार गरेपछि रायमाझी सो उपर उच्च अदालत पाटन पुगेका हुन् । यस्तै बेचन झाले जिल्ला अदालतले छाड्न अस्वीकार गरेपछि पुस ११ गते उच्च अदालत पाटनमा निवेदन दिएका थिए।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ ९२० मा दफा ६७ वा दफा ६८ बमोजिम थुनामा परेको कुनै अभियुक्त कसुरदार होइन भन्ने प्रमाणित हुन सक्ने कुनै मनासिब आधार प्राप्त हुन आएमा मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगेको भए पनि त्यस्तो विषयमा सुनुवाइ गरी अदालतले निजलाई थुनाबाट छाड्ने आदेश दिन सक्ने उल्लेख छ । रायमाझीले दफा ७१ ९२० मा टेकेर जिल्ला अदालतमा निवेदन दिएका हुन्।
भुटानी शरणार्थी प्रकरणमा २०८० असार १ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण