बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्ड कपको फाइनलमा

बिहीबार, ०५ चैत २०८२, २३ : ११
बिहीबार, ०५ चैत २०८२

सारांश

  • इटहरीमा जारी गोल्डकप फुटबल प्रतियोगितामा बसाहा क्लब फाइनलमा प्रवेश गर्यो।
  • बसाहाका रितेश तामाङले निर्णायक गोल गरे, उनले ५ हजार ५०० रुपैयाँ पुरस्कार पाए।
  • प्रतियोगितामा विजेताले ४ लाख र उपविजेताले २ लाख २ हजार २०० पाउनेछन्।

सुनसरी । इटहरीमा जारी तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई स्मृति गोल्ड कप फुटबल प्रतियोगितामा उदयपुर बसाहा क्लब फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न खेलमा आयोजक टोली द योङ ब्रदर्श क्लब, इटहरीलाई १–० गोल अन्तरले पराजित गर्दै उदयपुर बसाहा क्लब फाइनल प्रवेश गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको पनि दोस्रो हाफको १९औँ मिनेटमा बसाहाका रितेश तामाङले गरेको गोल नै आजको खेलको निर्णायक बन्यो । प्लेयर अफ द म्याच भएका तामाङले रु पाँच हजार ५०० र पदक प्राप्त गरेको क्लबका सचिव विज्ञान राईले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत शुक्रबार बसाहा क्लबउदयपुर र लोहोरुङ्ग फुटबल क्लब सङ्खुवासभाबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले रु चार लाख चार हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु दुई लाख दुई हजार २०० प्राप्त गर्नेछ ।

इटहरी उपमहानगरपालिकाको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संरक्षकत्वमा सञ्चालन भइरहेको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही रु १३ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा विगत दुई वर्षदेखि उक्त प्रतियोगिता आयोजना हुँदै आएको छ फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप