शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

शुक्रबार, ०६ चैत २०८२, ०४ : १९
शुक्रबार, ०६ चैत २०८२

सारांश

  • कर्णाली प्रदेशबाट एसइई परीक्षामा ३८ हजार विद्यार्थी सहभागी हुनेछन्।
  • सुर्खेतमा सबैभन्दा धेरै र डोल्पामा सबैभन्दा कम विद्यार्थी परीक्षामा भाग लिनेछन्।
  • परीक्षा १६१ केन्द्रबाट सञ्चालन हुनेछ, जसमा सुर्खेतमा धेरै केन्द्र छन्।

कर्णाली । यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।

कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी सहभागी उक्त परीक्षामा सहभागी हुन थालेको शिक्षा विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी एवं परीक्षा शाखा प्रमुख खिमप्रसाद ढकालले जानकारी दिए ।

उनले भने, “परीक्षामा सबैभन्दा बढी विद्यार्थी सुर्खेतका नौ हजार ७७९ संलग्न हुनेछन् । सबैभन्दा कम डोल्पाबाट ६७४ विद्यार्थी रहेका छन्, जहाँ परीक्षा केन्द्रमात्र चार छन् ।” त्यस्तै दैलेखबाट छ हजार २५३, जाजरकोटबाट चार हजार ८१३, सल्यानबाट चार हजार १४२, रुकुमपश्चिमबाट तीन हजार ९२२ र कालिकोटबाट तीन हजार ७१७ विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा प्रमुख ढकालले बताए ।

उनका अनुसार जुम्लाबाट दुई हजार २५५, मुगुबाट एक हजार ५२४ र हुम्लाबाट एक हजार ३०० विद्यार्थी परीक्षामा भाग लिनेछन् । सुर्खेतमा ३४, दैलेखमा २२, कालिकोटमा २०, सल्यानमा १९, जाजरकोटमा र रुकुम पश्चिममा १६–१६, जुम्लामा १४, मुगुमा नौ, हुम्लामा सात र डोल्पामा चार परीक्षा केन्द्र रहेको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप