विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
सारांश
- दाङ, प्युठान र चितवनमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।
- दाङमा स्कुटरलाई टिपरले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भयो, भने चालकलाई नियन्त्रणमा लिइयो।
- प्युठान र चितवनमा टिपर र बोलेरोको ठक्करबाट दुई जनाको मृत्यु भयो, र चालकहरूलाई नियन्त्रणमा लिइयो, अनुसन्धान जारी छ।
काठमाडौँ । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । दाङ, प्युठान र चितवनमा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका–९ दुधेनास्थित सडकमा रा.७ प. ६३३१ नम्बरको स्कुटरलाई रा.१ ख २३०८ नम्बरको टिपरले बिहीबार बेलुकी ठक्कर दिँदा स्कुटरमा सवार तुलसीपुर उपमहानगरपालिका–९ बस्ने ५० वर्षीय पुष्पा कँडेलको घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै प्युठानको प्युठान नगरपालिका–८ पाडाबाङस्थित सडकमा रा.१ ख १८३९ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री दाङ राप्ती गाउँपालिका–१ भालुबाङ बस्ने ४४ वर्षीय अशोक परियारको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनको राप्ती नगरपालिका–२ गड्यौलीस्थित सडकमा बा.प्र ०३–००३ प ७९७९ नम्बरको मोटरसाइकललाई प्र.२-०३-००१ च ७१२ नम्बरको बोलेरोले बिहीबार बेलुका ठक्कर दिँदा मोटरसाइकल चालक राप्ती नगरपालिका–२ गड्यौली बस्ने २७ वर्षीय दिपेश उप्रेतीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण