प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरको दर्शन
शुक्रबार, ०६ चैत २०८२, १२ : ४७
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गरिन्।
- उनले जानकी मन्दिरमा पूजा अर्चना गरिन् र कीर्तनमा भाग लिइन्।
- यसअघि, उनले निर्वाचन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिन कर्णालीको भ्रमण गरिन्।
धनुषा । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गरेकी छिन् । निर्वाचन सम्पन्न भएपछि देशका विभिन्न स्थानको भ्रमणमा निस्किएकी प्रधानमन्त्री कार्कीले शुक्रबार जानकी मन्दिरको दर्शनका साथै पूजा अर्चना गरेकी हुन् ।
सो क्रममा प्रधानमन्त्री कार्कीले जानकी मन्दिर परिसरमा रहेको सीता राम मन्दिरमा दर्शन गरी कीर्तनमा समेत सहभागी भएकी थिइन् । जानकी मन्दिरको दर्शन गरेपछि उनले शान्ति महसुस भएको संक्षिप्त प्रतिक्रिया दिइन् ।
त्यसअघि प्रधानमन्त्री कार्की निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद दिन बिहीबार कर्णाली पुगेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण