विराटनगरमा ११९ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्ने चेतावनी
सारांश
- मौसम विभागका अनुसार भोलि मोरङ र विराटनगरमा तीव्र गतिमा हावाहुरी आउने सम्भावना छ।
- प्रशासनले हावाहुरीका कारण हुनसक्ने क्षतिप्रति सचेत रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
- अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र हावाहुरी चलेको बेला सुरक्षित रहन प्रशासनको अनुरोध छ।
विराटनगर । जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमान अनुसार मोरङ जिल्ला र विशेष गरी विराटनगर क्षेत्रमा भाेली अत्यन्तै तीव्र गतिको हावाहुरी चल्ने सम्भावना देखिएको छ ।
प्रशासनका अनुसार हावाहुरीको गति करिब ११९ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार एक सूचना जारी गर्दै प्रि-मनसुन सिजनको यो समयमा चल्ने तीव्र हावाहुरीले ठूलो भौतिक तथा मानवीय क्षति पुर्याउन सक्ने भन्दै सर्वसाधारणलाई सचेत गराएको हो। प्रशासनले विशेष गरी रुखहरू ढल्ने, घरका छाना तथा कमजोर संरचनाहरू उड्ने र विद्युत् एवं सञ्चारका सुविधाहरू अवरुद्ध हुन सक्ने जोखिम औंल्याएको छ।
देशका अन्य भागहरूमा हावाहुरीकै कारण मानिसहरूको मृत्यु र घाइते हुने घटनाहरू बढेकाले मोरङ प्रशासनले जिल्लाबासी र यात्रुहरूलाई उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा जारी सूचनामा अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र यात्रा नगर्न अनुरोध गरिएको छ ।
हावाहुरी चलेको समयमा घरका झ्यालढोका राम्रोसँग बन्द गर्न र आगोका स्रोतहरू (ग्यास, चुलो आदि) बन्द राख्न, सडकमा सवारी साधन चलाइरहेको भए, तत्काल रोकेर सुरक्षित स्थानमा आश्रय लिन सुझाव दिइएको छ ।
अग्ला रुखहरू, टेलिफोन वा बिजुलीका खम्बा, तारहरू र कमजोर संरचना मुनि नबस्न, विद्युतीय उपकरणहरू नचलाउन र कतै बिजुलीको तार लत्रिएको देखिएमा त्यसलाई नछुन र टाढै रहन आग्रह गरिएको छ ।
प्रशासनले विपद्को समयमा भीडभाडमा भागदौड नगर्न र संयमित भएर सुरक्षित स्थानतर्फ जान समेत मोरङबासीलाई अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण