उर्लाबारीमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको निर्देशन
सारांश
- मोरङको उर्लाबारीमा रहेको कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएको छ, जसका कारण कुखुराहरू मर्न थालेका छन्।
- नगरपालिकाले प्रभावित क्षेत्रबाट पक्षी, मासु, अन्डा ओसारपसारमा रोक लगाएको छ र सुरक्षात्मक उपायहरू अपनाउन आग्रह गरेको छ।
- नगरपालिकाले कुखुरापालक कृषकहरूलाई फार्ममा सरसफाइ कायम राख्न र बिरामी चराचुरुङ्गी नछुन आग्रह गरेको छ।
विराटनगर। मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ८ मा सञ्चालित एक लेयर्स कुखुरा फार्ममा बर्ड फ्लु पुष्टि भएको छ। फार्ममा पालिएका कुखुराहरू बिरामी भई मर्न थालेपछि गरिएको नमुना परीक्षणमा सङ्क्रामक बर्ड फ्लु रोगको सङ्क्रमण देखिएको नगरपालिकाले जानकारी दिएको हाे।
यो रोग पंक्षीबाट मानिसमा समेत सर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगर विपद् व्यवस्थापन समितिले तत्काल विभिन्न सुरक्षात्मक उपायहरू अपनाउन र सचेत रहन सबै सरोकारवालाहरूमा आग्रह गरेको छ। नगरपालिकाले अर्को सूचना नभएसम्मका लागि प्रभावित क्षेत्रबाट पंक्षी, मासु, अन्डा, सुली, दाना तथा उपकरणहरूको ओसारपसारमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।
नगर प्रमुख गङ्गाप्रसाद खरेलद्वारा जारी अत्यन्त जरुरी सूचनामा कुखुरापालक कृषकहरूलाई फार्ममा अनावश्यक व्यक्तिको प्रवेश रोक्न र प्रवेश तथा निस्कने स्थानमा अनिवार्य रूपमा चुन, फिनेल, स्यानिटाइजर वा साबुन पानी जस्ता निसङ्क्रामक वस्तुको प्रयोग गर्न निर्देशन दिइएको छ ।
सर्वसाधारणलाई बिरामी वा मृत चराचुरुङ्गीहरू नछुन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन समेत सचेत गराइएको छ। यदि कुनै पनि स्थानमा कुखुराहरू अचानक मरेमा वा असामान्य रूपमा बिरामी परेमा तुरुन्त वडा कार्यालय वा पशुपंक्षी सेवा शाखामा जानकारी गराउन नगरपालिकाले अनुरोध गरेको छ।
स्थानीय बजार र कुखुरा पसलहरूमा सम्बन्धित निकायबाट नियमित अनुगमन गरिने र सङ्क्रमण नियन्त्रणका लागि शङ्कास्पद मृत पक्षीहरूलाई सुरक्षित व्यवस्थापनको मापदण्ड अनुसार नष्ट गरिने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण