काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा हावाहुरी, सावधानी अपनाउन प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकालगायतका विभिन्न स्थानमा तीव्र हावाहुरी चलिरहेको र यो अझै तीव्र हुनसक्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले शुक्रबार अपराह्न पौने ५ बजे सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै हावाहुरीका कारण सडक किनाराका रुखहरू ढल्न सक्ने, बिजुली तथा टेलिफोनका पोलहरू ढल्ने, बिजुलीका तारहरू चुँडिने र जस्तापाताले बनाइएका छानाहरू उडाउनेलगायतका जोखिमहरू रहेको औँल्याएको छ । त्यसैले, प्राधिकरणले जोखिमपूर्ण यात्रा नगर्न र हावाहुरी नरोकिउन्जेल सुरक्षित स्थानमा बस्न सबैमा अनुरोध गरेको छ।
विशेषगरी, हाल विद्यालयका बसहरू छुट्ने समय भएकाले विद्यार्थीहरू तथा उनीहरूका अभिभावकहरूलाई थप सचेत रहन र विशेष ख्याल गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।
संभावित क्षतिबाट बच्नका लागि सबैले पूर्वसावधानी अपनाउनुपर्नेमा जोड दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुना माध्यमिक विद्यालयका विद्यार्थीमाथि दुर्व्यवहारको घटना : नृत्य प्रशिक्षक पक्राउ
-
नेपालको वर्तमान अर्थतन्त्र र ‘प्यारासुट’ अर्थमन्त्री
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सम्पन्न
-
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
-
प्लेब्याक गायनमा अरिजित सिंहले गरेका हुन् कमब्याक ?
-
अण्डाको फार्म मूल्य प्रति क्रेट ६० रुपैयाँसम्म घट्यो, उपभोक्ताका लागि घटेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण