संगीत
प्रेम सेनले ल्याए ‘ज्यान माइली’
शुक्रबार, ०६ चैत २०८२, २० : ०७
सारांश
- गायक प्रेम सेनले 'ज्यान माइली' बोलको नयाँ गीत सार्वजनिक गरेका छन्।
- गीतमा सूर्य दोङको शब्द, टीका बमजनको संगीत र पवन वाङ लामाको एरेन्ज रहेको छ।
- गीत 'प्रेम सेन' युट्युब च्यानलमा सार्वजनिक गरिएको छ, जसले प्रेम सेनको सांगीतिक यात्रालाई थप अगाडि बढाएको छ।
काठमाडौँ । गायक प्रेम सेनले नयाँ गीत ‘ज्यान माइली’ ल्याएका छन् । गीतमा सूर्य दोङको शब्द र टीका बमजनको संगीत छ भने पवन वाङ लामाले एरेन्ज गरेका छन् ।
रोमान्टिक भावको गीतमा गायक प्रेम आफैं फिचर्ड छन् । गीतलाई काठमाडौँ डिजिटल स्टुडियोमा राजु खड्काले रेकर्डिङ गरेका हुन् भने डिका गुरुङले मिक्सिङ गरेका छन् ।भिडियोमा दिनेश पराजुलीको छायांकन र विकास धमलाको सम्पादन तथा कलर संयोजन छ ।
प्रेमले दुई महिनाअघि ‘यो सिन्दूर तिमीलाई’ गीत सार्वजनिक गरेका थिए । त्यसअघि ‘हो नि रेशम’, ‘आकाशैमा’ र ‘चरी बेसार’ गीत रिलिज गरेका थिए । डेढ दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनका यसअघि सानी, तिम्रो पाउजु, आऊ गाऔं, तिमीले लाको चौबन्दी लगायत गीत रुचाइएका थिए ।
‘ज्यान माइली’ गीत 'प्रेम सेन' युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण