जिपी अस्पतालमा मातृत्व कक्ष निर्माण गरिने
सारांश
- जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मातृत्व कक्ष बन्ने भएको छ।
- डाक्टर श्रेष्ठले मातृत्व कक्ष बनेपछि प्रसुती सेवा प्रभावकारी हुने बताइन्।
- अस्पतालले हाडजोर्नी, जनरल सर्जरी, र इमर्जेन्सी सेवा दिइरहेको छ।
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मातृत्व कक्ष निर्माण गरिने भएको छ । अस्पतालको माथिल्लो तलामा मातृत्व कक्ष निर्माणका लागि अस्पतालले बोलपत्र आह्वान गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु एक करोड ३० लाख ५३ हजार ६४ को लागतमा मातृत्व कक्ष निर्माण गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । मातृत्व कक्ष निर्माणपछि क्षेत्रीयस्तरमा प्रसूति तथा नवजात शिशु सेवा थप प्रभावकारी हुने विश्वास लिइएको श्रेष्ठले बताए ।
निर्माण हुने मातृत्व कक्षमा प्रसूति बेड, नवजात शिशु हेरचाह उपकरण, आवश्यक स्वास्थ्य सामग्री, स्वच्छ वातावरण तथा बिरामी र कुरुवाका लागि आधारभूत सुविधा उपलब्ध गराउने योजना रहेको छ ।
दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले विसं २०६७ सालमा पूर्व प्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।
सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व विसं २०७५ सालमा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रको नाममा ७४० रोपनी जग्गा प्राप्ति भइसकेको छ ।
अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलवा झाडापखला, टाइफाइड, ज्वरो, ग्यास्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामीहरू नियमित आउने गरेका छन् । उपचार केन्द्रले पछिल्लो समययता विभिन्न स्वास्थ्य सुविधा थप गर्दै गएको छ । जनतालाई सहज रूपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्धेश्यसहित सुविधा विस्तार गरिएको उपचार डा श्रेष्ठले बताए ।
अस्पतालमा तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशा रोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले कल्चर सेवा, ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याब, भिडियो एक्सरे सेवा, माइनर अप्रेशनलगायत सेवा दिइरहेको छ । अस्पतालले श्वासप्रश्वासको उपचार सेवा पनि सुरु गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण