इनिशा हत्या प्रकरण तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको छ : प्रहरी महानिरीक्षक कार्की
शनिबार, ०७ चैत २०८२, १६ : ४९
सारांश
- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले इनिशा विक हत्या प्रकरणमा अनुसन्धान भइरहेको बताए।
- उनले पीडित परिवारसँग सम्पर्क भइरहेको र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए।
- कार्कीले विभेदविरुद्ध कानुन बमोजिम अघि बढ्ने बताए, सबै नागरिकको हक अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले इनिशा विक हत्या प्रकरणमा तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका छन् । अन्तर्राष्ट्रिय जाति तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सुर्खेतको उक्त घटनामा कानुनलाई अक्षरशः पालना गर्दै तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका हुन् ।
कार्कीले पीडित परिवारसँग निरन्तर सम्पर्क भइरहेको र दोषीलाई कारबाहीका साथै न्याय पाउनुपर्ने आवाजको सुनुवाइ हुने प्रतिबद्धता समेत जनाए । अनुसन्धानका लागि पर्याप्त रूपमा परिचालन गरिएकाले छिटै उक्त घटनाको निष्कर्ष बाहिर आउने उनको भनाइ छ ।
त्यस्तै, प्रहरी महानिरीक्षक कार्कीले सबै नागरिकले बराबरको हक अधिकार प्राप्त गर्नुपर्ने भन्दै सबै किसिमको विभेदका विरुद्ध कानुन बमोजिम अघि बढ्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण