कोशीका मुख्यमन्त्री भन्छन्, ‘प्रादेशिक संरचना हटाए मान्न तयार छु’
सारांश
- मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ जनादेशले चाहेमा प्रादेशिक संरचना हटाउन तयार रहेको बताए।
- उनले निर्वाचनको नयाँ जनादेशलाई सम्मान गर्दै राजनीतिक दलहरूले जनताको चाहनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए।
- उनले प्रदेशको पर्यटन र पूर्वाधार विकासका लागि निर्माणाधीन आयोजनाहरूको बारेमा चर्चा गरे र ती आयोजनाहरू २०८५ सालभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए।
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ जनादेशले चाहेमा प्रादेशिक संरचना हटाउन आफू तयार रहेको बताएका छन् । हालै सम्पन्न निर्वाचनपछिको नयाँ राजनीतिक परिस्थिति र जनताको चाहनालाई आत्मसात गर्नुपर्ने उनले बताए ।
सुनसरीको इटहरीमा नयन मिडिया फाउन्डेसनद्वारा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले निर्वाचनले दिएको नयाँ जनादेशप्रति सम्मान र आशा व्यक्त गरे । ‘म आफैं प्रदेशको मुख्यमन्त्री भए पनि, यदि नयाँ जनादेशले संविधान संशोधनका माध्यमबाट यो प्रादेशिक संरचनालाई उपयुक्त ठान्दैन र हटाउन चाहन्छ भने म त्यसलाई स्वीकार्न पूर्ण रूपमा तयार छु,’ उनले भने ।
उनले जनताले निर्वाचनमार्फत दिएको सन्देशलाई राजनीतिक दल र नेताहरूले गम्भीरतापूर्वक लिनुपर्ने बताए । देशमा राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र विकासका लागि नयाँ ढोका खुलेको उल्लेख गर्दै कार्कीले नयाँ आउँदै गरेका राजनीतिक शक्तिहरूलाई सफल कार्यकालको शुभकामना समेत दिए ।
उनले प्रदेशको पर्यटन र पूर्वाधार विकासका लागि निर्माणाधीन महत्वपूर्ण आयोजनाहरूको बारेमा पनि चर्चा गरे । स्विस सरकारको साझेदारीमा २ अर्ब ४५ करोडको लागतमा मुन्धुम पदमार्ग र इलामको चियाबारी पदमार्ग जस्ता करिब एक दर्जन पदमार्गहरूको काम द्रुत गतिमा अघि बढिरहेको र ती आयोजनाहरू २०८५ सालभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गरेका राम्रा कामहरूको उचित प्रचारप्रसार र मूल्यांकन नभएको भन्दै गुनासोसमेत गरे । तथापि, नयाँ सरकार र राजनीतिक नेतृत्वले विगतका कमीकमजोरीलाई सच्याउँदै देशलाई समृद्धिको बाटोमा लैजानेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण